१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

कोरोना मुक्त भएपछि  थप दुई जना डिस्चार्ज

विनोद सुवेदी/चुमन बस्नेत 
विराटनगर - विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रबाट थप दुई जना डिस्चार्ज भएका छन्। लगातार दुई पटकको  परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उपचार केन्द्रमा उपचार गराइरहेका दुई जना आइतबार डिस्चार्ज भएका हुन्। 

डिस्चार्ज हुनेमा झापा र भोजपुरका संक्रमित रहेको उपचार केन्द्रका डा. दिपक सिग्देलले जानकारी दिए। सिग्देलका अनुसार कोभिड उपचार केन्द्रमा भोजपुरका २७ वर्षिय युवक वैशाख १० र झापाका ६३ वर्षिय बृद्ध वैशाख १२ गते कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए।

डिस्चार्ज गरिएका दुबैलाई  स्थानिय जनप्रतिनिधिको सहयोगमा  होम क्वारेन्टाइनमा राखिने डा सिग्देलले बताए। आइतबार नै विराटनगर स्थित कोभिड १९ उपचार केन्द्रमा थप एक जना भर्ना भएका छन्। उपचार केन्द्रमा उदयपुरका एक जनामा कोरोना पोजेटिभ देखिएपछि आइतबार  भर्ना गरिएको हो।

उदयपुरको भुल्केका २ सय ३७ जनाको कोरोना परिक्षण गरिएकोमा शनिबार  ३ जनाको रिपोर्ट  पोजेटिभ देखिएको थियो। आइतबार एक जनाको रिपार्ट पोजेटिभ देखिएको हो। हाल कोरोना उपचार केन्द्रमा १९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। 

केन्द्रमा भर्ना भएका १६ जना उपचार पछि संक्रमण मुक्त भएर डिस्चार्ज भइसकेका छन्। सोमबार पनि उदयपुरबाट ल्याइएका थप ५ जनाको कोरोना परिक्षण गरिने डा सिग्देललले बताए। उनले भने‘सोमबार थप ५ जनाको पुनःकोरोना परिक्षण गर्दै छौं।’ उदयपुरको भुल्केबाट ल्याइएका ५ जना भारतीय जमातिको सोमबार पुनः परिक्षण गर्ने र रिपोर्ट नेगेटिभ आए डिस्चार्ज गरिने डा सिग्देलले बताए। प्रदेश १ मा हालसम्म कुल  कोरोना संक्रमितको संख्या ३५ पुगेको छ।

प्रकाशित: २८ वैशाख २०७७ ११:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App