१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

असिनापानीले गहुँबाली नष्ट, किसान चिन्तीत

बाजुरा,- असिनापानीले पाक्न लागेको गहुँबाली नष्ट पारीदिएको छ । पाक्न लागेको र पाकिसकेको गहुँ, जौ लगायत हिउँदेवाली नै नष्ट पारेको हो । जिल्लामा यो आर्थिक वर्षभरी नै अरु बेलाको भन्दा बढी नै वर्षा हो । बेला बेला भईरहने वर्षाले गहु बाली सप्रिएला भन्ने आशमा रहेका किसानहरुलाई गहुँ बारीमा छरेदेखि नै समस्यामा पार्दै आएको छ ।

सुरुको ३ महिनामा सिदेर रोगले सताएका किसानलाई त्यसपछि बालामा दाना लाग्ने बेलामा वर्षासंगै असिनाले चुटेर नष्ट पारीदिएको छ भने अहिले त्यही बाँकी रहेको दाना पनि लगातारको बर्षा असिनाले नष्ट पारीदिएको छ । गहुँबालिसंगै वर्खे सिजनका लागि राखिएका तरकारीका बेर्ना धानका बेर्नामा हरीयो पात देख्न नपाईएको बुढीगंगा नगरपालिकाका कृषक रमा जैशीले बताएकी छन् ।

केहि दिनयता मौसममा आएको खराबीका कारण बाजुराका किसानहरुलाई गहुँबाली भित्र्याउन समस्या भएको छ । लगातार पानी परिरहेकाले जिल्लाका अधिकांश कृषकहरुलाई पाकिसकेको अन्नबाली भित्र्याउन समस्या भएको हो । उब्जनीका हिसाबले राम्रो मानिने जिल्लाको बुढीगंगा, त्रिवेणी, बडिमालिका, बुढीनन्दा नगरपालिका, खप्तड छेडेदह गाउँपालिकाका खेतमा पाकेको गहुँ वर्षाका कारण बिग्रर्दै गएको अवस्था छ ।

अहिले जिल्लाका सबैजसो ठाउँमा गहुँ बालीसगै आलु पनि भित्र्याउने बेला हो । एक हप्तादेखि लगातार पानी पर्ने र बादल लाग्ने गरेकाले पाकेको गहुँ काट्न नपाएका छैनन् भने माटोबाट निकाल्न समय नै नभएको आलुको पात बर्षाले झरीदिएको छ । आज परेको असिनाले त झन जरामा लागेका दाना समेत चुटेर नष्ट पारीदिएको बडीमालिका नगरपालिकाका कृषक अने साउँद बताएका छन् ।

जिल्लाको हावापनी अनुसार अन्नबाली फल्ने पनि कतै छिटो कतै ढिलो हुन्छ । यतिखेर जिल्लाको तल्लो क्षेत्रका किसाहरु बढी मर्कामा छन् । तल्लो क्षेत्रमा धान रोप्ने बेला भईसकेको छ । तर किसानहरुले गहु भित्राउन पाएका छैनन । कृषि ज्ञान केन्द्र बाजुरा सुचना अधिकारी भन्छन्, यो वर्ष गहुँ उत्पादनमा धेरै बृद्धि हुने अनुमान गरिएपनि पाक्नै लागेको बेलामा असिना परेपछि समस्या आउने बताउँछन् ।

एक त कोरोना भाईरस कोभिड-१९ नियन्त्रणका लागि किसानहरुलाई घरभित्रै सुरक्षित बस्नु परेकै थियो त्यसैमा पनि, अर्कोतिर सामाजिक दुरी कायम गरेर आफ्नो खेतमा भएको गहु भित्राउ भन्दा लगातारको वर्षादले उनीहरुले घरबाट निस्कन पाएका छैनन् । जसले गर्दा किसानहरुको खेतको गहुबाली बारीमै उम्रिएको अवस्थामा पुगिसकेको छ ।

आजको असिना पानीले जिल्लाका अधिकांश भागमा पाक्न लागेको गहुँ, जौ फापर लगायतका अन्नबालीमा क्षति पुर्‍याएको छ । असिनापानीले पाक्न लागेको गहुँ जौ र फापर लगायतका बालिहरुमा क्षेती पुगेको छ । मेहनतले लगाएको खेती भित्र्याउने बेलामा असिनापानीले नष्ट पारेपछि कृषकहरु मारमा परेका छन् । यो लगायत जिल्लामा असिना परेको चौथो पटक हो ।

प्रकाशित: २४ वैशाख २०७७ १५:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App