२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

नेपालगन्जमा ‘पिसिआर किट’ अभाव हुने संकेत

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ मा स्वाब संकलन गरिदै।

नेपालगन्ज - नेपालगन्जमा अहिलेसम्म पुष्टि भएका २३ जना संक्रमित ब्यक्तिको कन्ट्रयाक्ट टे«सिङबाट अन्य ब्यक्तिको पनि स्वाब संकलन धमाधम चलिरहेको छ। स्वाब संकलनको काम चलिरहे पनि जिल्लामा ‘पिसिआर’ किटको मौज्दात भने निकै कम छ। 

संक्रमण फैलिएको वडाका मात्र नभएर अन्य वडाका बासिन्दाले पनि पिसिआर किटबाट आफ्नो स्वास्थ्य जाँच गराउन जनप्रतिनिधि समक्ष इच्छा ब्यक्त गरिरहेका छन्। तर, कोरोना जाँचका लागि यहाँका स्वास्थ्य संस्थासँग पर्याप्त मात्रामा पिसिआर किट मौज्दात छैन। सरकारले समयमै ब्यवस्था गर्न नसके पिसिआर परीक्षणको काम प्रभावित हुन सक्ने भन्दै जनप्रतिनिधि चिन्तित भएका हुन््। 

नेपालगन्जमा संक्रमितको संख्या बढेपछि बाँकेका सांसदको अनुरोधमा स्वास्थ्य मन्त्रालयले दुई दिनअघि २ सय ५० वटा पिसिआर किट पठाएको थियो। उक्त किटबाट अहिले पिसिआर परीक्षणको काम भइरहेपनि त्यो अपर्याप्त रहेको नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर बताउँछिन्।

सरकारले समयमै ब्यवस्था गर्न नसके पिसिआर परीक्षणको काम प्रभावित हुन सक्ने भन्दै जनप्रतिनिधि चिन्तित भएका छन्।
 

स्वास्थ्य मन्त्रालयले पठाएको २ सय ५० पिसिआर किटले संक्रमित ब्यक्तिको कन्ट्रयाक्ट टे«सिङबाट सबैको स्वाब परीक्षण गर्न अभाव हुने उनको भनाई छ।  ‘स्वास्थ्य मन्त्रालयले अस्ति जम्मा २ सय ५० मात्र पिसिआर किट पठाएको हो, त्यो अपर्याप्त भएपछि हामीले थप किट मागिरहेका छौं,’ थापाले नागरिकसँग भनिन् ‘विभिन्न ठाउँमा पहल भइरहेको छ, प्रदेश सरकारले मात्रै आश्वासन दिएको छ, प्रदेश सरकारले अरु जिल्लामा रहेको किट खोजेर पठाउने भनेको छ।’ 

संक्रमितको संख्या बढ्दै गएको र अहिलेसम्म पुष्टि भएका संक्रमितसँग अन्य धेरै ब्यक्तिको सम्पर्क भएको देखिएकाले आइसोलेसन अस्पतालको अभाव हुन सक्ने उपमेयर थापाले बताइन्। ‘आइसोलेसन अस्पताल अरु ठाउँमा पनि चाहिन्छ भन्ने हामीले माग राखेका छौं, अहिले तत्कालको लागि लायन्स डेण्टल अस्पतालमा आइसोलेसन चलाउने छलफल पनि चलेको छ, सरकारले चाही नेपाली सेना र प्रहरीको अस्पताललाई पनि प्रयोग गर्ने भनेको सुनेका छौं,’ उनले थपिन्।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी ६० बर्षिय ब्यक्तिमा गत शुक्रबार पहिलो पटक यहाँ कोरोना संक्रमण पुष्टि भएको थियो। उनको कन्ट्रयाक्ट टे«सिङका आधारमा ९४ जनाको स्वाब पिसिआर परिक्षण गर्दा वडा नम्बर ८ का अन्य २२ जना ब्यक्तिमा पनि कोरोना संक्रमण पुष्टी भइसकेको छ।

६० बर्षिय संक्रमित ब्यक्ति जोलहनपुर्वा टोलमा रहेको अन्सारियन मस्जिदमा साँझ–बिहान नमाज पढ्थ्ये, भने मदरसा इस्लामिया फैजुल उलुमका शिक्षक रहेका उनी बालबालिकाको घरमै पुगेर ट्युसन(उर्दु) पढाउने गरेका थिए। उनको ‘कन्ट्रयाक्ट टे«सिङ’ का आधारमा गत शनिबारबाट वडा नम्बर ७ र ८ मा यसअघि स्वाब संकलन गरिएको थियो। उक्त वडामा अझै थुप्रै ब्यक्तिको स्वाब संकलन गर्नुपर्ने देखिएको छ।

भेरी अस्पतालमा ३४ जनाको रिपोर्ट ‘नेगेटिभ’
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ३४ जना ब्यक्तिको कोरोना भाइरस रिपोर्ट ‘नेगेटिभ’ आएको छ। कोरोना भाइरस संक्रमणका शंकास्पद बिरामीको थ्रोट स्वाब परिक्षण नतिजा बुधबार नेगेटिभ आएको अस्पतालले जनाएको छ।

अस्पताललाई नेपालगन्जका ५४ र अन्य ठाउँ(बर्दिया र नेपालगन्ज मेडिकल कलेज)बाट १२ गरी कुल ६६ वटा स्वाब प्राप्त भएकोमा बुधबार ३४ वटाको रिपोर्ट नेगेटिभ आएको हो। बाँकी ३२ वटा स्वाब परिक्षणको काम प्रोसेसमा रहेको अस्पतालले जनाएको छ।कोरोना संक्रमण एक ब्यक्तिबाट धेरैमा फैलिएको आशंकामा मंगलबारबाट पुनः कन्ट्रयाक्ट टे«सिङ गरेर स्वाब संकलन सुरु गरिएको थियो।

नेपालगन्ज–८ स्थित पन्डन मोहला टोलमा बुधबार पनि कन्ट्रयाक्ट टे«सिङ गरी स्वाब संकलनको काम गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। उक्त वडाको भैरव टोल, रानी तलाउ तरकारी पसल, नाउ टोलमा पनि कन्ट्रयाक्ट टे«सिङ गरेर स्वाब संकलन गरिनेछ।

प्रकाशित: २४ वैशाख २०७७ १२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App