१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘महोत्तरीमा १२ जना मृत्युको कारण विषालु मदिरा सेवन’

काठमाडौं- महोत्तरीको भगाँहा नगरपालिकामा अज्ञात कारणले मृत्यु भनिएकाहरुले विषाक्त मदिरा सेवन गरेको प्रारम्भिक अध्ययनमा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सो नगरपालिकामा दश दिनदेखि यता आइतबारसम्ममा १२ जनाको मृत्यु भइसकेको छ। मृत्युहुनेहरुमा महोत्तरी भंगाहाका ५८ वर्षीय रुपनारायण सिंह,४० वर्षीय मोहन सदा,५२ वर्षीय नथुनी चमार,५२ वर्षीय गंगाराम सदा लगायत छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको सरुवा रोग,फरेन्सिक विभागका चिकित्सक सहितको टोलीको प्रारम्भिक अध्ययनले उनीहरुले विषाक्त मदिरा सेवन गरेको हुन सक्ने बताएका छन्।‘अहिलेसम्मको अध्ययनले विषाक्त मदिरा सेवन गरेको देखिन्छ,थप जानकारी आउन वाँकी छ’स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका सल्लाहाकार डा.खेम कार्कीले भने।

 मन्त्रालयवाट गएको टोली आइतवार विहान  घटनास्थलमा पुगेको थियो। डा.कार्कीका अनुसार मदिरा(अल्कोहल) दुई प्रकारको हुन्छ। एउटा खान मिल्ने इथाइल अल्कोहल र अर्को खान नमिल्ने मिथाइल अल्कोहल। उनीहरुले सेवन गरेकोमा मिथाइल अल्कोहल देखिन्छ। इथाइल अल्कोहल मानिसले खान मिल्छ भने मिथाइल बिभिन्न व्याक्टेरिया मार्नमा प्रयोग  हुन्छ। हाल सेनिटाइजरमा प्रयोग भइरहेको अल्कोहल भने इथाइल रहेको डा. कार्कीले जानकारी दिए।

 

प्रकाशित: २१ वैशाख २०७७ १०:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App