९ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

लकडाउन पालना गराउन चुनौती

लकडाउन पूर्ण पालना गराउन लहान नगरमा सुरक्षाकर्मीको मार्चपास र माइकिङ । तस्बिरः मिथिलेश/नागरिक

लहान- सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरि सडकमा हिँडडुल गर्ने बढेपछि सुरक्षाकर्मीले बिहीबार मार्च पास गरेर बाहिर हिँडडुल नगर्न चेताएका छन् । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले लहानको बजार क्षेत्रमा पैदल मार्च पास गर्दै अति आवश्यक काम बाहेक बाहिर ननिस्किन माइकिङ गरेको छ ।

प्रदेश २ को सर्लाही, रौतहट, बारा र पर्सामा कोरोना संक्रमित पुष्टि भएकोले अनावश्यक हिँडडुल गरि संक्रमणको जोखिम नबढाउन सुरक्षा अधिकारीले नगरबासीलाई माइकिङ गरेर आग्रह गरेका छन् । लहानबाट नजीक रहेको उदयपुरको भुल्केमा समेत कोरोना संक्रमितको संख्या थपिदै गएकोतर्फ सचेत गराउँदै घरमै बसेर सहयोग गर्न इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरत थापाले नगरबासीसँग अपील गरेको छ ।

सशस्त्र प्रहरी बेस क्याम्प लहानका प्रमुख डिएसपी अर्जुन सापकोटाले सरकारी पास प्राप्त सवारी साधनबाहेकका सवारी गुडेको भेटिए सुरक्षाकर्मीले नियन्त्रणमा लिने भन्दै नगरबासीलाई माइकिङमार्फत सचेत गराएका छन् । औषधि पसलबाहेकका पसलहरु खोलेर भिंड नबढाउन समेत अपील गरिएको छ ।

शुक्रबारबाट लकडाउन कडाइका साथ पालना गराउने भएकाले अघिल्लो दिन नगरबासी तथा सडक यात्रीलाई जानकारी गराइएको डिएसपी थापाले बताए ।

 

प्रकाशित: १८ वैशाख २०७७ १६:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App