१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

क्वारेन्टाइनस्थलमा नाराबाजी भएपछि काठमाडौबाट आएकालाई घर पठाइयाे

अर्घाखाँची- सन्धिखर्कको हटारिनेटा क्वारेन्टाइनमा नाराबाजी भएपछि क्वारेन्टाइनमा राखिएका सबैलाई घरघर पठाइएको छ । बुधबार काठमाडौबाट आएका चार सय १६ जना मध्ये सन्धिखर्क नगरपालिकाका ७२ जनाले क्वारेन्टाइनमै नाराबाजी गरेपछी उनीहरुलाई घर पठाइएको हो ।

एक महिना होम क्वारेन्टाइनमै बिताएर आएको भन्दै उनीहरुले क्वारेन्टाइनमा बस्नु नपर्ने भन्दै नाराबाजी गरेका हुन् । नगरपालिकाले काठमाडौबाट आएका सबैलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने योजना बनाए पनि त्यो सफल हुन सकेन । ‘हामीले सबैको स्वाथ्य परीक्षण गर्‍यौं, सबैको सामान्य नै थियो, सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसालले भने,‘क्वारेन्टाईनमा राख्ने योजना थियो, अन्य पालिकाले पनि राखेनन्, आएकाले मानेनन् ।’ समन्वय र तालमेलको अभाव देखिएको उनको भनाई छ ।

जिल्लाका तीन स्थानीय तहले हिजो नै स्वास्थ्य परीक्षणपछि सबैलाई घरमै क्वारेन्टाइनमा बस्न आग्रह गर्दै घरमा पठाएको थियो । शितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका र पाणिनि गाउँपालिकाले सबैलाई सावधानी अपनाएर होम क्वारेन्टाइनमा बस्न भनेका छन् । सन्धिखर्क नगरपालिका र मालारानी गाउँपालिकाले स्थानीय सरकारले बनाएको कवारेन्टाइनमा बसाल्ने भनिए पनि अन्य स्थानीय तहले नराखे पछि उनीहरुलाई छोडिएको छ ।

भुमिकास्थान नगरपालिकाले भने आएका सबैलाई क्वारेन्टाइनमा राखेको छ । कार्यपालिकाले निर्णय नै गरेको भन्दै नगरप्रमुख रेशम थापाले कसैलाई छोड्न नमिल्ने बताए । ‘हामीले बाहिरबाट आउने सबैलाई अनिवार्य क्वारेन्टाइनमा राखेका छौं, पहिलेदेखि बसेका १९ र अहिले थपिएका २७ जना गरी ४६ जना क्वारेन्टाइनमा छन्, उनले भने, कार्यपालिकाले निर्णय गरेको हो, नियम मिच्ने कुरा हुँदैन ।’

      

प्रकाशित: ११ वैशाख २०७७ १३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App