१३ भाद्र २०८३ शनिबार
image/svg+xml
समाज

सुरुङबाट विदेशीसहित २०८ को उद्धार

रसुवाको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरद्वारा आज दिउँसोसम्म ४३ विदेशी सहित २०८ नागरिक त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएको छ। 

सुरुङमा रहेका ३८ चिनियाँ र पाँच भारतीयसहित २०८ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। उद्धारका लागि रहेको संयुक्त टोलीले ‘ड्रिलिङ मेसिन’ लगायत सामग्रीको प्रयोग गरी सुरुङको बाहिरी भाग पत्ता लगाउने प्रयास भइरहेको जनाइएको छ।

साथै, प्रभावित जिल्ला रसुवा, नुवाकोट, धादिङलगायत नेपाली सेनाको करिब सात हजार भन्दा बढी फौज खटिई समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार कार्य, आपत्कालीन उपचार तथा शव व्यवस्थापन कार्य भइरहेको सेनाले जनाएको छ। 

प्रकाशित: १३ भाद्र २०८३ १६:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App