१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार

डोल्पा – जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका ७ छलगाउँकी २० वर्षीया विपना रोकायालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरेर नेपालगञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए। पेटमा उल्टो बच्चा भएकोले जन्माउन नसके पछि उनलाई नेपालगञ्ज पठाईको हो। 

सुत्केरी बेथाले च्यापेपछि उपचारको लागि बुधवार जिल्ला अस्पताल दुनैमा लगिएको थियो। जिल्ला अस्पताल दुनैका डाक्टर मेलिना हमाल र सिजन रावलले उल्टो बच्चा भएपनि उपचार जिल्लामै गर्न सकिने बताएका थिए। तर सुत्केरीका परिवारले आमा र जन्मने बच्चाको ग्यारेन्ट लिन भनेपछि चिकित्सकले ग्यारेन्टी लिननमानकाले परिवारको दवावमा महिला बालबालिका मान्त्रालयको राष्ट्रपति महिला उद्धारको कोष मार्फत प्रदेश अस्पताल सुर्खेतमा लगिएको प्रमुख जिल्ला अधिकारी

सुरेशसुनारले बताए। यस बर्ष मात्रै डोल्पाबाट सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टर मार्फत १४ जनाको उद्धार भैसकेको छ। 
 

प्रकाशित: ४ वैशाख २०७७ ०७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App