५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पिसिआर जाँच नगरीघर पठाउँदा उच्च जोखिम

धनगढी/बैतडी - कैलालीको लम्की बहुमुखी क्याम्पसमा क्वारेन्टाइनमा राखिएका ५२ जनालाई चैत २९ गते घर पठाइयो। -यापिड टेस्ट गर्दा कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको थियो। घर पठाएको दुई दिनपछि पिसिआर विधिद्वारा नमुना जाँच गर्दा ६५ वर्षीय एक महिलामा संक्रमण देखियो। उनलाई संक्रमण देखिएपछि सोमबार बाँकी सबै ५१ जनालाई पुनः क्वारेन्टाइनमा राखिएको छ। 

सुदूरपश्चिमका विभिन्न जिल्लामा क्वारेन्टाइनमा राखिएका करिब १५ सयजतिलाई घर फर्काइएको छ। -यापिड टेस्टगरेर रिपोर्ट नेगेटिभ आएकाहरु घर फर्केका छन्। तर विज्ञहरु -यापिड टेस्टको नतिजा नेगेटिभ आउँदैमा कोरोना संक्रमण छैन भन्न निमल्ने बताउँछन्। -यापिड टेस्टको रिपोर्टका आधारमा क्वारेन्टाइनमा रहेकालाई घर पठाउनुले जोखिम बढाएको उनीहरुको भनाइ छ। ‘-यापिड टेस्टले नेगेटिभ देखाउँदैमा त्यो व्यक्तिमा भाइरस छैन भन्न मिल्दैन’, सेती अस्पतालका वरिष्ठ फिजिसियन शेरबहादुर कमर भन्छन,‘-यापिड टेस्टकै आधारमा क्वारेन्टाइनबाट घर पठाउन मिल्दैन।’

-यापिड टेस्टको नतिजा नेगेटिभ आउँदैमा कोरोना संक्रमण छैन भन्न निमल्ने विज्ञ बताउँछन्। पिसिआर विधिले नेगेटिभ देखाएपछि मात्रै क्वारेन्टाइनबाट घर फर्काउन उनीहरुले सुझाएका छन्।
 

तीन साताभन्दा बढी क्वारेन्टाइनमा बसेकाको गुणस्तरीय किटबाट -यापिड टेस्ट गरेमा भाइरसको संक्रमणले उत्पन्न एन्टिबडी देखिने उनको भनाइ छ।‘भर्खर भाइरस छिरेको छ भने देखिँदैन’, उनले भने,‘दुई प्रकारको किट हुने गरेकोमा हामीकहाँ प्रयोग भएको किटबाटभाइरस छिरेको एक डेढ सातापछि मात्र एन्टिबडी देखिने हो।’ क्वारेन्टाइनमा तीन साता पनि नपुगेका मानिसलाई ¥यापिड टेस्टका आधारमा घर पठाउँदा समुदायमा संक्रमणको जोखिम बढेको उनको भनाइ छ।

क्वारेन्टाइनमा रहेकाहरुको पिसिआर जाँच गरेर संक्रमण नेगेटिभ देखिएमात्र घर पठाउनु राम्रो हुने विज्ञ बताउँछन्। ¥यापिड टेस्ट गर्ने तरिका पनि नमिलेकाले त्यसकै आधारमा घर पठाउनुले समुदायमा महामारी फैलिने उच्च जोखिम रहेको वरिष्ठ फिजिसियन शुभेशराज कायस्थ बताउँछन्। क्वारेन्टाइनमा बसेको १४ दिनमा एकपटक जाँच गर्ने र त्यसको १० दिनमा अर्को पटक -यापिड टेस्ट गरिनुपर्नेमा क्वारेन्टाइनमा बसेका सबैलाई एकपटक मात्र जाँच गरेर घर पठाइनुले जोखिम निम्तिने खतरा रहेको उनको भनाइ छ। ‘क्वारेन्टाइनमा रहेकाको पिसिआर विधिद्वारा नै जाँच गरिनुपथ्र्यो, त्यो भएन भने दुईपटक ¥यापिड टेस्ट गरेर मात्र छाड्नुपथ्र्यो’, उनले भने।

-यापिड टेस्टको भरपर्दो रिपोर्ट आउन कम्तीमा १४ दिन क्वारेन्टाइनमा बसेको हुनुपर्ने उनले बताए। ‘यहाँ त क्वारेन्टाइनमा बसेको २ दिन, ३ दिन, जति दिन भएपनि सबैलाई जाँच गरियो’, उनले भने। ८० प्रतिशत संक्रमितमा यो भाइरसको लक्षण नै देखानपर्ने उनले बताए।  ‘नयाँ रोग भएकाले सवै कुरो यकिन भएको छैन। सुरुमा २ साता भन्यो, पछि ३ साता र अहिले २८ दिनपछि पनि यसको लक्षण देखिएको छ’, उनले भने। त्यसैले पिसिआर विधिबाटपरीक्षण गर्दा नेगेटिभ देखिए मात्र नेगेटिभ भन्न सकिने उनको भनाइ छ।

मात्र ¥यापिड टेस्टको आधारमा घर पठाउँदा विज्ञ, स्थानीयमात्र नभई  क्वारेन्टाइनमैबसेकाहरु पनि खुसी छैनन्। बैतडीका ६ स्थानीय तहका क्वारेन्टाइनमा बसेका एक सय ३७ जनालाई¥यापिड टेस्ट गरी घर पठाइएको छ। रिपोर्ट नेगिटिभ आएपनि एक हप्ता घरमै क्वारेन्टाइनमा बस्ने सल्लाह दिएर क्वारेन्टाइनबाट पठाइएको हो। तर उनीहरु ढुक्कले बस्न सकेका छैनन्। ¥यापिड टेस्ट गरेर घर आउन पाए पनि अझै त्रास नहटेको दशरथचन्द नगरपालिका–२ का मदन लावडले बताए। दुई छोरा र भतिजासँगै भारतबाट फर्केर १७ दिन क्वारेन्टाइनमा बसेका उनीसहित सबैजनाको परीक्षणको रिपोर्टनेगेटिभ आएको थियो।‘¥यापिट टेस्टको भर छैन भन्छन्,’ लावडले भने, ‘जति दिन क्वारेन्टाइनमा राखेर भए पनि स्वाब संकलन गरेको भए हुन्थ्यो।’

विदेशबाट आएर दुई हप्ता क्वारेन्टाइनमा बसेका अधिकांश घर जान हतारमा रहेको पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदनसिंह महराले बताए। ‘आरडिटी टेस्ट गरेर एक हप्ता घरकै क्वारेन्टाइनमा बस्न भनेका छौं,’ उनले भने, ‘केही समस्या आए स्वास्थ्यसंस्था आउन आग्रह गरिएको छ।’

¥यापिड टेस्टको विश्वसनीयतामासन्देह प्रकट भएपछि यहाँका स्थानीय त्रसित भएको नेपाल पत्रकार महासंघ बैतडीका अध्यक्ष प्रेमसिंह भाटले बताए। ‘यो गर्भ जाँच गर्न प्रयोग गरिने किटजस्तै छ,’अध्यक्ष भाटले भने, ‘जिल्लामै भेदभाव गरिएको छ,केहीको स्वाब लिएको छ भने केही नागरिकको ¥यापिट टेस्ट गरिएको छ। यो टेस्टमा भर पर्दा समस्या उत्पन्न हुन सक्छ।’

दुई सय ५२ जना क्वारेन्टाइनमै
बैतडीमा भारत तथा अन्य ठाउँबाट फर्केका दुई सय ५२ जना अझै पनि क्वारेन्टाइनमै छन्। ¥यापिड टेस्ट गरेका घरफर्केपनि थ्रोट स्वाबको नमुना संकलन भई रिपोर्ट आउन बाँकी रहेका नागरिक क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।क्वारेन्टाइनमा १४ दिन नपुगेका पनि छन्।

बैतडीमात्र नभई कैलाली, कञ्चनपुर, डोटी, दार्चुला, बझाङलगायतका जिल्लामा पनि ¥यापिड टेस्टले नेगेटिभ देखाएपछि क्वारेन्टाइनमा रहेकालाई घर फर्काइएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिलेसम्म २ हजार ९ सय ४१ जनाको ¥यापिड टेस्ट भएको छ। सबैको रिपोर्ट नेगेटिभ आएको छ। प्रदेशभरमा क्वारेन्टाइनबाट१५ सय जनाजती घर फर्किसकेका छन्।

प्रकाशित: ४ वैशाख २०७७ ०२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App