१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

घाइते बालकको हेलिकप्टरमार्फत उद्दार

बाजुरा  - घरको आगँन नजिकैबाट लडेर गम्भीर घाइते भएका ५ वर्षीय बालकको हेलिकप्टरमार्फत उद्दार गरिएको छ। बुढीनन्दा नगरपालिका ७ का महेश कार्कीका छोरा खगेन्द्र कार्कीको जिल्लामा उपचार संभव नभएपछि नेपाली सेनाको एन ए ००५ नम्वरको इक्युरेल हेलिकप्टर मार्फत उद्दार गरिएको हो। 

प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा भर्ना गरिएका बालक कार्कीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर मेडिकल कलेजमा लगिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताएका छन्। बालक कार्की आफ्नो घर नजिकै खेलिरहेको बेला लडेर बैशाख२ गते दिउँसो घाइते भएका हुन्।

प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक पनि नभएको र टाउकोमा नै चोट भएकोले स्वास्थ्य कर्मीको सल्लाह अनुसार नै कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको हो। लक डाउनका कारण सवारी साधान पनि बन्द अवस्थामा रहेको र कोल्टीबाट एम्बुलेन्स मार्फत लैजान पनि समय लाग्ने देखिएपछि हेलिकप्टर माफृत उद्दार गरिएको हो।

नेपाल सरकारले दुर्गम तथा पहाडी क्षेत्रमा आकस्मीक विरामी भएमा वाविपतजन्य दुर्घटना भएमा हेलिकप्टर मार्फत ढुवानी सेवा उपलब्ध गराउने गरेको छ। सरकारले गरेको निर्णय अनुसार नै गृह मन्त्रालयसँगको सहकार्यमा तत्काल हेलिकप्टर पठाएर उद्दार गरिएको प्रतिनिधी सभा सदस्य लालबहादुर थापाले बताएका छन्।

बालकको अवस्था गम्भीर भएको खबर लगत्तै प्रतिनिधी सभा सदस्य लालबहादुर थापा, प्रदेश सभा सदस्य बल्देव रेग्मी लगायतले बिशेष पहल थालेका थिए। प्रदेश सरकारले तत्काल उपलब्ध गराउन सक्ने अवस्था नभएको बताएपछि संघिय सरकारसँग पहल थालिएको प्रदेश सभा सदस्य बल्देव रेग्मीले बताएका छन्।

विहानै हेलिकप्टर पठाउने तयारी थालिएपनि प्रक्रिया पुरा गर्दा केही ढिलाई भएको बुझीएको छ। कोरोनाको संक्रमणका कारण देशकै सम्पूर्ण शक्ति त्यतैमा केन्द्रीत हुँदा हेलिकप्टरका लागि बढी प्रयास गर्नु परेको हो। हेलिकप्टरका लागि सांसद थापा मन्त्रालय धाउने देखि प्रक्रिया पुरा गर्नमा आफै खटिएका थिए। 

२० मिटर तल खस्दा बालकको टाउकोमा चोट लाग्नुका साथै दुबै कानबाट रगत बग्न थालेको थियो। अवस्था गम्भीर छ, त्यो भगवान भरोसाकै अवस्था भएपनि उद्दारका लागि सांसद लालबहादुर थापा, बल्देव रेग्मी सहीतका नेताहरुले ठूलो सहयोग गरेको घाईते बालकका बुबा महेश कार्कीले बताएका छन्।

समस्यामा सरकारले साथ दिन्छ भन्ने महशुस भएको र आधा बढी उपचार भएको जस्तो लागेको कार्कीको भनाई छ। जिल्ला तहमा पनि नेकपा नेताहरु जनक कुमार बोहरा, पेम्बा गुरुग भोटे, पुरबहादुर रावत, जनक विष्ट सहीत बुढीनन्दा नगरपालिका सहीत जिल्ला प्रशासन कार्यालय लागि परेको थियो। जिल्लामा तीन दिन पहिले मात्र सुत्केरीको उद्दार गरिएको थियो।

प्रकाशित: ३ वैशाख २०७७ १२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App