१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भारतबाट आएकाहरु क्वारेन्टाइनमै बस्दैनन्

गुरासँ गाउँपालिकामा बनाइएको क्वारेन्टाइनमा खाली बेड तथा स्वास्थ्यकर्मीहरु । तस्बिर : गोविन्द/नागरिक

दैलेख– भारतबाट महावु गाउँपालिकामा आएका २१ जना व्यक्तिहरु गाउँपालिका मुकाम गौडाबाँजमा २ दिन क्वारेन्टाइनमा बसे। गाउँपालिकाकै अगुवाईमा ती व्यक्तिहरु गाउँपालिकाकै सल्लाहमै २ दिनमै घर फर्किए।

घरमै सेफ क्वारेन्टाइनमा बस्ने सहमतीमा पठाइएको गाउँपालिका अध्यक्ष जंगबहादुर शाही बताउँछन्। ‘गाउँपालिका आउनुअघि र पालिकामा आएपछि चेक जाँच भयो।’ अध्यक्ष जंगबहादुर शाहीले भने, ज्वरो नदेखिएकाले घरमै निगरानी राखी चेक जाँच गर्ने गरि पठाइयो।’ यो एउटा उदाहरण मात्र हो अहिले दैलेखमा लकडाउन अवधिमा भारतबाट १४ सय ४९ जना जिल्लामा आएका छन्। उनीहरुमध्ये अहिलेसम्म २ सय २८ जना क्वारेन्टाइनभित्र बसेका छन्। बाँकी १२ सय २१ जना क्वारेन्टाइन मै नबसेर घर पुगेका छन्। जसमध्ये महावु गाउँपालिकामा २१ जना क्वारेन्टाइनको २ दिने छोटो बसाईपछि घरमा फर्किए।

जिल्लाका स्वास्थ्य संस्था, दैलेख सुर्खेत सडक खण्ड तथा कर्णाली राजमार्ग अन्र्तगत रार्कम बजारमा स्वास्थ्यकर्मीले देशभित्र तथा बाहिरबाट आएका १५ हजार ७ सय ४७ व्यक्तिहरुमा चेकजाँच गरेका हुन्। ११ वटा स्थानीय तह रहेको दैलेखमा ८ सय ८८ वटा बेड रहेको ३५ वटा स्थानमा क्वारेन्टाइन निर्माण गरिएको छ। लकडाउनपछि आइसोलेसनमा २ जना रहेका छन् अरु २ जनाको नेगेटिभ रिपोर्ट आएकाले घर फिर्ता भएका छन्। दैलेखमा आइसोलेसनमा वेड संख्या ८७ वटा रहेको छ। जहाँ स्वास्थ्यकर्मी चौविसै घण्टा खटाइएको छ। स्वास्थ्यकर्मीका लागि २ सय ७९ वटा सुरक्षा बन्दोबस्ती कवज रहेको छ। अहिले दैलेखका गाउँगाउँमा भारतबाट आएका व्यक्तिहरु पहिचान भईसकेकाले खोजी खोजी उनीहरुको अवस्था तथा स्वास्थ्य जाँच भईरहेको छ।

घरमा रहेका व्यक्तिहरुको पहिचान भईसकेकोले जनप्रतिनिधि मार्फत स्वास्थ्यकर्मीहरुले निगरानी राखेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निराजन पन्तले बताए। स्वास्थ्यकर्मी घरघर पुगेर चेकजाँच गरिरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए। ‘जिल्लामा प्रवेश गर्ने तथा जिल्लामा रहेका १५ हजार ७ सय ४७ जनालाई स्वास्थ्य चेक जाँच गरिएको छ।’ प्रमुख जिल्ला अधिकारी कटेलले भने, हाम्रो तथ्यांकमा १४ हजार ४९ जना भारतमा जिल्ला आएको पाइएको छ।’ ३ महिनाअघिदेखि जिल्लामा सरोकारवाला सबैलाई परिपत्र गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ।  

अतिविपन्न  तथा गरिवहरुको संख्या पहिचान गरि अपुग हुने खाद्यान्न वितरणका लागि तयारी भईरहेको जनाईएको छ। अहिले भारतबाट आएकाहरुको अवस्था बुझ्न र क्वारेन्टाइनमा राख्नका लागि आवश्यक कदमहरु चालिरहेको प्रमुख जिल्ला अधिकारी कटेलले बताए। मैले सबैलाई भनेको छु प्रमुख जिल्ला अधिकारी कटेलले भने, ‘विदेशबाट आउनेहरुलाई कारागार कि क्यारेन्टाइन मध्ये एउटा रोज्नुहोस्।’
 

प्रकाशित: २९ चैत्र २०७६ १२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App