२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

उच्च र जिल्लाका २०७ न्यायाधीशको सरुवा, विशेष अदालतको अध्यक्षमा आचार्य सिफारिस

न्यायपरिषद्ले उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ गरी कुल २०७ जना न्यायाधीशहरूको सरुवा गरेको छ।

बिहीबार बसेको परिषद्को बैठकले न्यायाधीशहरूको सरुवा गर्नुका साथै विशेष र श्रम अदालतको नेतृत्व तोक्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो।

परिषद्ले रिक्त रहेको विशेष अदालत काठमाडौंको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई तोक्न नेपाल सरकारलाई परामर्श दिएको छ।

यसैगरी, श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्नका लागि सरकारसमक्ष सिफारिस गरिएको न्यायपरिषद् सचिवालयले जनाएको छ।

बैठकले विभिन्न राजस्व न्यायाधिकरणहरूमा कानुन सदस्य एवं अध्यक्ष तोक्नका लागिसमेत सरकारलाई परामर्श दिएको छ।

यसअन्तर्गत काठमाडौंका लागि उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द, पोखराका लागि उच्च अदालत पोखराका न्यायाधीश अञ्जु उप्रेती ढकाल र विराटनगरका लागि उच्च अदालत विराटनगरका न्यायाधीश दिपेन्द्रबहादुर बमलाई तोक्न सिफारिस गर्ने निर्णय परिषद्ले गरेको छ।

हेर्नुहोस् सुचि-

प्रकाशित: ३२ असार २०८३ १८:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App