३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

गाउँपालिका अध्यक्ष समर्थक करार कर्मचारीद्वारा उपाध्यक्षमाथि दुव्र्यवहार

बिश्रामपुर गाउँपालिका प्रमुख पाल र उपाध्यक्ष साह ।

बारा- विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरीलाल पाल समर्थक करारका कर्मचारीहरुले उपाध्यक्ष सुमित्रा देवी साहलाई शुक्रबार दुव्र्यवहार गरेका छन्। उपाध्यक्ष साहले आफ्नो कार्यकक्षमा बसी रहेको अवस्थामा तलबको बहानामा हातपातको प्रयास  गरि अशब्द बोल्दा दिनभर गाउँपालिकाको कार्यालय तनावपूर्ण बनेको थियो।

बजेट रकम र कामको विषयलाई लिएर अध्यक्ष पाल र उपाध्यक्ष तेलीबीच लामो समयदेखि आपसी विवाद चल्दै आएको अवस्थामा अध्यक्ष पालका ड्रईभर संतोष पंडित, सहयोगी राजगुरु कलवार र  निरज पालले हातपालको प्रयास गुर्नको साथै अशब्द प्रयोग गर्दा दुबै पक्षबीच भिडन्तको अवस्था समेत आएको थियो।

उपाध्यक्ष साहसँगै कार्यालयमा बसेका उनका श्रीमान भोला साहले अध्यक्ष पालले पठाएका ड्रईभर संतोष पंडित, सहयोगी राजगुरु कलवार र निरज पालले हातपालको प्रयास गुर्नको साथै अशब्द प्रयोग गर्दा आफूहरु कोठाभित्रै लुक्नु पर्ने अवस्था आएको बताए।

कोठा भित्रबाटै प्रहरीलाई घटना बारे जानकारी गराउँदा  छतवाबाट आएको प्रहरी टोलीले तीनै जनालाई नियन्त्रण लिएर लैजान लाग्दा कार्यपालिका सदस्यहरुले उनीहरुलाई छोडाएको साहले बताए। उपाध्यक्ष साहमाथि तीनै जनाले अक्रमणको प्रयास गरि रहँदा कार्यालयमा बसेर प्रमुख पालले हेरे पनि उनीहरुलाई रोक्न समेत कोशिस नगरेको आरोप उपाध्यक्ष साहका श्रीमानले लगाए।

तीनै जनाले तलब दिनुस किन तलब रोकेको भन्दै हामीसँग सुरुमै भन्न आउँदा उपाध्यक्ष साहले कार्यपालिकाको बैठकबाट फागुनसम्मको तलब दिने निर्णय गरिएको र तल दिने काम कर्मचारीको भएको भनि सम्झाउन खोज्दा तीनै जनाले कुट्ने जस्तो व्यवहार देखाउन सुरु गरेको साहले बताए।

घटनालाई शनिबार बसेर छलफल गरि समाधन गर्ने भनिए पनि शनिबार हुने छलफलमा चित्त नबुझे आफूहरु कानुनी कारबाही प्रक्रियामा जाने साहले बताए।

तत्कालिकन फोरम लोकतान्त्रिकबाट निर्वाचित अध्यक्ष पाल र उपाध्यक्ष सुमित्रा देवी एउटै पार्टीको भए पनि पालले उपाध्यक्षलाई किनारा गरेर एकलौटी सबै कामहरु गर्ने गरेपछि दुबैबीच विवाद हुँदै आएको छ। गाउँपालिका अध्यक्ष अमिरीलाल पालले उपाध्यक्ष साहमाथि दुव्र्यहार गरेका कर्मचारीहरु मेरो नजिकको नभएको तर्क गरेका छन्।

बिहानै मसँग तलब माग्न आएका उनीहरुलाई पालिकाका अन्यहरुसँग पनि गएर भन्न सुझाव दिएको र उनीहरुले उपाध्यक्ष साहसँग तलबको विषयमा मात्र कुरा गरेको बताए।

बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले बिश्रामपुर गाउँपालिकामा दुई पक्षबीच विवाद भएको सुन्ने बित्तिकै प्रहरी पठाएको र विवादलाई दुबै पक्षले सहमतिमा मिलाएको बुझ्नमा आएको पगेनीले बताए।

 

प्रकाशित: २३ फाल्गुन २०७६ १३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App