९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

देवीनाच आगमघरको शिलान्यास

काठमाडौंको किलागलस्थित विज्यापुनर्निर्माण हुन लागेको देवीनाच घरको नमूना हस्तन्तरण गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगाय। तस्बिर: नीलः साय्मि

काठमाडौं – हरेक वर्ष इन्द्रजात्राका अवसरमा किलागलबाट निकालिने देवीनाच (दीप्याखं)को आगमघर निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ। परम्परागत स्वरुप र प्राचीन शैलीमा निर्माण गर्ने लक्ष्य राखिएको उक्त घर पुनर्निर्माणका लागि करिब सात करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यसका लागि काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा एक करोड बजेट विनियोजन गरेको छ। त्यस्तै श्रद्धालु भक्तजनलाई समेत सो आगमघर निर्माणमा इच्छानुसार चन्दा सहयोगका लागि देवीनाच (दीप्याखं) प्रवद्र्धन तथा संरक्षण समितिले आह्वान गरेको छ।

उक्त घर निर्माणका लागि सहयोग गर्नेहरूको नाम शिलापत्र र घर निर्माण सम्पन्न भएपछि निकालिने स्मारिकामा समेत प्रकाशित गरिने समितिले जानकारी दिएको छ। सोमबार शिलान्यास कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गुठीले नै संस्कृति सम्वद्र्धनका लागि काम गरिरहेको बताए। कुनै पनि विधेयक तयार भएपछि विरोध गर्नुभन्दा आफूहरूलाई कस्तो आवश्यक छ त्यससम्बन्धी समयमा नै सुझाव दिन उने सबैलाई आग्रह गरे।

कार्यक्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, प्रतिनिधिसभा सांसद कृष्णगोपाल श्रेष्ठ, सांसद बिना श्रेष्ठ, महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, वडा नं. १५ का वडाध्यक्ष एवं प्रवक्ता ईश्वरमान डंगोल, १८ नम्बर वडाध्यक्ष एवं सांस्कृतिक समिति प्रमुख न्हुछेकाजी महर्जन, २५ नम्बर वडाध्यक्ष नीलकाजी शाक्यलगायतको आतिथ्यता रहेको थियो। देवीनाचका कजि एवं समितिका सहउपाध्यक्ष नातिकाजी महर्जनले स्वागत गर्दै कार्यक्रममा भवन डिजाइनबारे इन्जिनियर मचाकाजी महर्जन, देवीनाचबारे नरेन्द्र महर्जनले मन्तव्य राखेका थिए।

प्रकाशित: २० फाल्गुन २०७६ ०३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App