coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हिउँमा चिप्लेर एक जनाको मृत्यु

मुगु- सोरु गाउँपालीकाको गाड्खोलामा हिउँमा चिप्लीएर लड्दा एक जनाको मृत्यु भएको छ। सोरु गाउँपालिका–३ का ४२ वर्षीय चक्रबहादुर बुढाको आइतबार हिउँमा चिप्लेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वरप्रसाद साहका अनुसार कामको शिलशिलामा छिमेकी जिल्ला गएका बुढाको बाजुराको कोल्टी हुँदै हुम्लाको दार्मबाट सोरु घर फर्किदै गर्दा मृत्यु भएको हो। बाटोबाट झण्डै २० मिटर तल खसेका बुढाको घटनास्थलमै मृत्यु भएको थियो।

आइतबार साढे ३ बजे घटना घटेको भएपनि मुगु प्रहरीलाई दुई घन्टापपछि मात्र जानकारी भएको थियो। घटनास्थल अलि टाढा भएकाले हुम्ला श्रीनगर प्रहरी चौकीले उक्त शवलाई जिम्मामा राखेका थिए। हुम्ला प्रहरीको सहयोगमा मंगलबार मात्र मुगु प्रहरीले उक्त शवलाई पोष्टमार्टमका लागि  जिल्ला अस्पताल मुगु ल्याएको छ।

प्रकाशित: १३ फाल्गुन २०७६ १२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App