१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रहस्यमय बन्दै सानेपा घटना

काठमाडौं – प्रहरी र पोस्टमार्टम रिपोर्टले हत्यापछि आत्महत्या भनेर पुष्टि गरिरहँदा सानेपा घटनाबारे अनेक तर्क र अनुमान गर्न थालिएको छ। मंगलबार र बुधबार दुवै परिवारका आफन्तले सत्यतथ्य छानबिन गर्न भन्दै प्रहरीमा जाहेरी दिएपछि घटना झन् रहस्यमय र तन्कने देखिएको हो। प्रहरीले घटना अनुसन्धानका क्रममा रहेका जनाउँदै रिपोर्ट तयार पार्न केही दिन लाग्ने बताउँदै आएको छ।

पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्यापछि कामदार विजय चौधरीले आत्महत्या गरेको प्रहरीले मौखिक रूपमा स्पष्ट पार्दै आएको छ। तर यस सम्बन्धमा अनुसन्धान भइरहेकाले यो नै घटनाको निचोड नरहेको महानगरीय प्रहरी परिसर जावलाखेलका डिएसपी सन्तोष तामाङले जानकारी दिए। उनका अनुसार प्रहरीले यस सम्बन्धमा गम्भीर अनुसन्धान गरिहरहेको छ। दुवै परिवारका सदस्यले घटनाको सत्यतथ्य पत्ता लगाउन जाहेरी दिएपछि प्रहरीले यसबारे थप अनुसन्धान गर्ने डिएसपी तामाङको भनाइ छ। जाहेरीपछि दुवै पक्षले बुधबार शव बुझेका छन्।

छोराले हत्यापछि आत्महत्या गरेको भन्ने सुनेपछि विजयका परिवारका तर्फबाट उनका बुबा जानकी चौधरीले बुधबार महानगरीय प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए। जाहेरीमा घटनाको अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरिएको प्रहरीले बताएको छ। ललितपुरको सानेपास्थित कार्कीको घरमा माघ २७ गते बिहान उनकी श्रीमती मुनाको हत्या भएको थियो भने चौधरीले झुन्डिएर आत्महत्या गरेका थिए। आफ्नै घरको भान्सा कोठामा बिहान अचेत अवस्थामा भेटिएकी मुनाको उपचारका क्रममा स्टार अस्पतालमा मृत्यु भएको थियो। प्रहरीले थप अनुसन्धानका लागि उनीहरूको मोबाइल र घटनास्थलमा भेटिएका प्रमाण सुरक्षित राखेको छ। चौधरी १३ वर्षको उमेरदेखि सोही घरमा कामदारका रूपमा बसेका थिए। उनी घरभित्रको काम गर्थें। पछिल्लोपटक चौधरीले गाडी चलाउन सिक्दै थिए।

प्रकाशित: १ फाल्गुन २०७६ ०१:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App