२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

अमेरिका जाने विद्यार्थीलक्षित नयाँ एप

काठमाडौं– एजुकेसन युएसए नेपालले नेपाली विद्यार्थीलाई अमेरिकामा अध्ययन गर्ने विषयमा सही जानकारी प्राप्त गर्न सघाउने नयाँ पुस्तिका तथा मोबाइल एप सार्वजनिक गरेको छ । अमेरिका र नेपालबीचको शैक्षिक आदान–प्रदानका लागि सञ्चालित युसेफ नेपाल र फुल–ब्राइट कमिसनको महाराजगन्जमा शनिबसञ्चालित कार्यालय भवन उद्घाटन समारोहमा त्यस्तो एप सार्वजनिक गरिएको हो ।

युसेफ नेपालको नयाँ कार्यालय भवनमा सभाकक्ष, पुस्तकालय, कम्प्युटर सुविधा, प्रमाणित परीक्षा केन्द्रका साथै अध्ययनका लागि अमेरिका पढ्न जान चाहनेका लागि परामर्श सेवालगायत सुविधाहरू उपलब्ध छन् ।

नयाँ कार्यालय उद्घाटन गर्दै नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपाली र अमेरिकी विद्यार्थीका लागि शैक्षिक आदान–प्रदानमा जोड दिए । ‘नयाँपुस्ताका युवाहरूबाट नेपाली र अमेरिकी जनताबीचको सम्बन्धको बढ्दो सञ्जालमा योगदान हुने विषयमा हामी उत्साहित छौं,’ राजदूत बेरीले भने ।

अमेरिकामा ११ लाख अन्तर्राष्ट्रिय विद्यार्थी रहेका छन् भने हरेक वर्ष १३ हजारभन्दा बढी नेपाली विद्यार्थी अमेरिकाका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि भर्ना हुने गर्छन् । समारोहमा शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटाले शैक्षिक आदान–प्रदानले दुई देशबीचको दौत्य सम्बन्धमा विशेष महत्व राख्ने बताए ।

प्रकाशित: १९ माघ २०७६ ०३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App