१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

कोरोना भाइरसबाट सर्तक रहन कलैयामा जनचेतना कार्यक्रम

कोरोना भाइरस बारे जनचेतना दिन कलैयामा निकालिएको प्रभात र्‍याली ।

बारा- छिमेकी देश चीनमा महामारीको रुप लिएको कोरोना भाइरसबाट बच्न र सर्तक रहनका लागि शनिबार कलैयामा जनचेतना कार्यक्रम गरिएको छ। कोरोना भाइरस रोग र यसबाट बच्न सकिने उपाएहरु जिल्लाबासीलाई जानकारी गराउनको लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतना कार्यक्रम गरिएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताएका छन्।

कुनै पनि रोग लाग्नु भन्दा पहिला त्यसबाट बच्ने उपायहरु अपनाउँदा ती रोकबाट सजिलै बच्न सकिने भएकोले उक्त कार्यक्रम गरि सबैलाई जानकारी गराईएको बाराका प्रमुख जिल्ला अधिकारी फरिन्द्रमणी पोखरेलले बताए। भाइरस चीनबाट थाइल्यान्ड, जापान, अमेरिकालगायत मुलुकमा फैलिएसँगै नेपालमा पनि चीनबाट फर्केका केही व्यक्तिहरुमा देखिएको अवस्थामा सतर्कता अपनाउनु मुख्य बिकल्प रहेको प्रजिअ पोखरेलले बताए।

कोरोना भाइरस एक व्यक्तिमा लागेपछि अर्को व्यक्तिमा सजिलै सर्ने भएकोले जनचेतना कार्यक्रम गरेर स्थानीबासीहरुलाई खुल्ला वा भिडभार हुने स्थानमा जाँदा अनिवार्य मास्क लगाउनको लागि  अग्रह गरिएको कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले बताए।

कोरोना भाइरस बारेमा जानकारी दिने उद्देश्यले निकालिएको प्रभात र्‍याली कलैया उपमहानगरपालिकाको बिभिन्न भागमा परिक्रमा गरि भरतचोकमा कोण सभामा परिणत गरिएको थियो। र्‍यालीमा कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादव, प्रमुख जिल्ला अधिकारी फरिन्द्रमणी पोखरेल, प्रहरी उपरीक्षक विकासराज खनाल, नायब प्रहरी उपरीक्ष गौतम मिश्र, बिभिन्न विद्यालयका शिक्षक, विधार्थी र नगराबासीहरुको सहभागिता रहेको थियो।

 

प्रकाशित: १८ माघ २०७६ १०:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App