१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विप्लवका कार्यकर्ता नियन्त्रणमा लिनेक्रममा बर्दियामा गोली चल्यो, एक प्रहरी घाइते

बर्दिया - प्रतिवन्धित नेकपा विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा वर्दियामा गोली चलेको छ। विप्लव समूहका कार्यकर्ताले चलाएको गोली लागि प्रहरी जवान गंगा चौधरी घाइते भएका छन्। मधुवन नगरपालिका स्थित इलाका प्रहरी कार्यालय ढोढरीमा कार्यरत जवान चौधरीको तिघ्रामा गोली लागेको छ।

वर्दियामा उपचार हुन नसकेपछि थप उपचारको लागि उनलाई नेपालगञ्ज रिफर गरिएको छ। घटनास्थलबाट दुई जना पक्राउ परेका छन्। प्रहरीले गोली प्रहार गर्ने प्रतिवन्धित विप्लव समूहका रोहित सुनार र जयबाहादुर ठाडामगरलाई पक्राउ गरेको हो।

प्रकाशित: १४ माघ २०७६ १२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App