६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अझै व्यवस्थित भएन फुटपाट व्यापार

काठमाडौं - काठमाडौंमा फुटपाथ ढाकेर गर्ने व्यापार चलिरहेको छ । देशकै राजधानी मानिने मुख्य सडकमा रात्री कालिन फुटपाट व्यापरले गर्दा हिड्डुल गर्ने सर्वसाधरणलाई समेत सास्ती भोक्नु परेको आवस्थामा छ। रत्नपार्क, बालाजु, कोटेश्वर, बानेश्वर, चावहिल, गौशला, कलंकी लगाय क्षेत्रमा रात्रीकाली व्यापार हुँदै आएको छ। महानगरपालिकाले उपत्यका भित्र ठेला, डोको, क्रेट र नाङलोमा व्यापरा गर्न रोक लगाइएको छ।

यस अघि महानगरले काठमाडौं उपत्यकालई फुटपात व्यापार मुक्त बनाउने घोषणा गरेको थियो। त्यससँगै अहिले महानगरले उपत्यकाको फुटपाट व्यापार व्यवस्थापन गर्न लागिएको छ। महानगरपालिकाले फुटपाथमा रहेका रात्रिकालीन व्यापारीलाई व्यवस्थापन गर्न हरि कुँवरको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ। रात्रीकाली फुटपाथले पैदलयात्री र सामान किनकोल गरेर घर फर्कनेको लागि असहज भएकाले फुटपाथको व्यापार व्यवस्थापन गर्न लागेको काठमाडौं महानगरपालिकाका सहरी व्यवस्था विभागका प्रमुख हरि कुँवरले बताए। वैकल्पिक स्थान दिएर फुटपाथको व्यापारीलाई हटाउने तयारी गरेको उनले बताए।

व्यस्त सडकका फुटपाथका व्यापारीलाई व्यवस्थापन गरि पैदल यात्रुको सहजताको लागि महानगरले यस्तो अभियान थाल्न लागेको हो। महानगरले यस आर्थिक वर्षको पुस समान्तसम्म फुटपाथमा व्यापार गर्ने ८ सय ७५ जनालाई कारबाही गरीएको छ। जसबाट ५ लाख २१ हजार ७ सय रुपैया राजस्व संकलन गरिएको महानगरले जनाएको छ।

महानगरपालिकाको प्रहरीहरु पुग्न साथ फुट व्यवसायीहरु भागाभाग सुरु हुन्छ । महानगरले ६ बजे पछि मात्र सडकमा फुटपाट व्यापारी गर्न मिल्ने व्यवस्था गरिएको थियो। कपडा बेचेर घर परिवार धान्नु पर्छ के गर्नु फुटपाथमा व्यापार गर्दै आएकी माया तामाङले बताइन्। उनले भने, ुमहानगर आयो भने सामान बोकेर भाग्नु पर्छ। लगेको समानपनि फिर्ता दिदैन।’ महानगरले विहान र साझपख मात्र फुटपाटमा समान विक्री गर्न अनुमति दिएको छ।

महानगर आउँने वितिकै सामान पोको पारेर भाग्छौं, प्रहरीको गाडी गएपछि बस्छौं फुटपात व्यापारी हरिप्रसाथ पाण्डेले बताए। सानो पुँजीले सटर भाडामा लिएर पसल गर्न सम्भव नहुने भएकाले सडकको पेटीमा राखेर बेच्न बाध्यता भएको उनले बताए।

काठमाडौं महल अगाडि भेटिएका फर्किएका माइली तामाङ बताउछिन् बाटोमा हिँड्नै अप्ठ्यारो छ। यसलाई व्यवस्थित ढङ्गले व्यवस्थापन गर्न महानगर लागि पर्नु पर्छ।’ सडक व्यपारिलाई विकल्प दिने, विकल्प दिँदा पनि फुटपाथ ढाक्नेहरू घटदैनन् भने कडा जरिवाना र कारबाही गर्नु ठीक हुन्छ उनले बताए।

फुटपाथमा व्यापार गरे सामान जफत गरी महानगरले लिलाम गर्ने
काठमाडौंका फुटपाथमा व्यापार गरे महानगरपालिकाले सामान जफत गरी लिलाम गर्ने भएको छ। व्यापार गरेको पाइए सामान जफत गरी लिलाम गर्ने निर्णय भएको महानगर प्रहरी प्रमुख धनपत्ति सापकोटाले बताए। ‘फुटपाथ भनेको मानिस हिँड्नका लागि बनाइएको हो व्यापार व्यवसायका लागि होइन उनले बताए। यस अघि महानगरले फुटपाथमा व्यापार गर्नेलाई कारवाही स्वारुप १ देखि ५ हाजरसम्म जरिवाना गर्दै आएको थियो। डक पेटीमा दिउँसो ४ नबज्दै फुटपाथ व्यापारी भरिभराउ हुन थालेपछि सडक अस्तव्यस्त भएका हुन्।

प्रकाशित: ५ माघ २०७६ ०३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App