coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मुगुमा जिप दुर्घटना, ७ घाइते

मुगु- मुगु जिल्लाको उत्तरी सोरु गाउँपालिका वडा नम्बर-६ कुलाहामा जिप दुर्घटना हुँदा सात जना गम्भीर घाइते भएका छन्। सोरु गाउँपालिकाको केन्द्र सोरुकोटबाट सोही गाउँपालिका सिपतर्फ आउँदै गरेको लु १ ज ३९५३ को जिप शुक्रबार दिउँसो १ बजे सडकबाट करिब ४५ मिटर तल खसेर दुर्घटना भएको हो।

घाइते हुनेहरुमा सोरु गाउँपालिका गिलाहा गाउँकी दलना बम, बन्जाह गाउँका धर्मबहादुर मल्ल, लिब्रु गाउँकी कमला शाही, नुवाकोट गाउँकी दर्शनादेबी शाही, राष्ट्रिय बाणिज्य बैक सोरुकोट शाखाका लेखापाल तेजिन्द्र आचार्य, जुम्ला जिल्लाकी उशा भण्डारी र जिप चालक प्रकाश बश्याल रहेका छन्।

घाइतेहरुलाई प्राथामिक उपचारका लागि सिप गाउँस्थित स्वास्थ्य केन्द्रमा ल्याई उपचार भैरहेको अनमि सरिता शाहीले जानकारी दिएकी छन्। थप उपचारका लागि घाइतेहरुलाई जिल्ला सदरमुकाम गमगढीबाट जिल्ला अस्पतालको एम्बुलेन्स पठाइएको प्रहरी नायव उपरिक्षेक भुवनेश्वर साहले बताए।

घाइतेमध्ये कमला शाही बाहेक अन्य ६ जनालाई गम्भीर चोट लागेका कारण रगत बगीरहेको उपचारमा संलग्न स्वास्थ्यकर्मी शाहीले बताएकी छन्। जिप दुर्घटना भएको स्थान मुगु जिल्ला सदरमुकाम गमगढीदेखि सवारी साधनमा ३ घण्टाकाे दुरीमा रहेको छ।

प्रकाशित: ३ माघ २०७६ १०:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App