१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

डोल्पामा भारी हिमपात (फोटो फिचर)

डोल्पा-  कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा दोस्रो पटक भारी हिमपात भएको छ। बुधवार बेलुका देखि परेको बर्षाका कारण बिहीबार राति डोल्पामा भारी हिमपात भएको हो।

डोल्पाको सदरमुकाम दुनैमा समेत बाग्लो हिउँ जमेको छ। डोल्पामा यो वर्षको पहिलो पटक मंसिरको अन्तिम सातामा हल्का हिमपात भएको थियो। मंसिरमा परेको हिउँ खासै नजमेकाले डोल्पामा पुसको महिनामा पनि उच्च हिमाली बस्तीहरु समेत हिउँ नाङ्गा र सुख्खा भएर उजाड देखिएका थिए। माघ महिनामा परेको हिउँलाई डोल्पालीहरु शुभ वर्षको रुपमा लिने गर्छन। यो महिनामा परेको हिउँले हिउँदमा लगाएको जेठासे बाली गहुँ,जहुँ ,उवा र तरकारीबालीमा आलु र लसुनको उत्पादनमा बृद्दि हुने भएकोले डोल्पाली कृषकहरुको लागि हिउँ शुभ हुने गरेको हो।

यसै गरि उत्तरी तिब्बत नाकासंग जोडिएका उपल्लो डोल्पाका डोल्पोबुद्व,छार्काताङसोङ्ग,शे फोक्सुण्डो र काइके गाउँपालिकाका बस्तीहरुमा  ३ देखि ५ फुट सम्म हिउँ जमेको छ। भारि हिमपात भएपछि उपल्लो डोल्पाको डोल्पाको जनजीवन कस्टकर बनेको छ। बुधवार राति देखि परेको अबिरल वर्षाका कारण मध्य डोल्पाका ठुलीभेरी नगरपालिकाको माझफाल,जुफाल,दुनैका तिप्ला, थाला रह लगायत त्रिपुरासुन्दरी नगरपालिकाको सुउँ,रंग,पहाडा,लिकु चुँउ,दापु त्रिपुराकोट तल्लो डोल्पाका जगदुला र मुडकेचुला गाउँपालिकाका बस्तीहरु समेत सेताम्य बनेका छन्। हिमपातले डोल्पाका बस्ती र डाँडाकाँडा हिँउले सेताम्य भएका छन्। डोल्पाका गाउँबस्ती र हिमसिखरहरु समेत माघमा परेको भारी हिमपातले बर्खो भित्र लुकेको बेहुली झै  सिँगो डोल्पा हिउँको बर्खोमा लुकेको छ।

प्रकाशित: ३ माघ २०७६ ०६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App