३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

पशु प्राविधिकमाथि यौन दुव्र्यवहारको आरोप

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पशु प्राविधिकमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ। नगरपालिकाका पशु प्राविधिक गणेश आचार्यमाथि यौन दुव्र्यवहारको आरोप लागेको हो।

भेटेनरी विषयको ओजेटी गरिरहेकी छात्राले यौन दुव्र्यहार गरेको भन्दै उजुरी दिएपछि आचार्यलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। आचार्यमाथि आफ्नै कार्यकक्षमा आजेटीमा आएकी छात्रालाई यौन दुव्र्यहार गरेको अभियोग छ। यौन दुव्र्यवहार भएको भन्दै छात्राले मंगलबार उजुरी दिए लगत्तै आरोपितलाई प्रहरीले हिरासतमा लिएको हो।
प्रहरीमा उजुरी दिएपछि मिल्नका लागि फोन र भेटघाटमा दवाव आइरहेको पीडित छात्राले गुनासो गरिन्। श्रोतका अनुसार अध्ययनरत विद्यालयबाट ओजेटीमा नगरपालिका पठाइएका तीन जनामध्ये उनलाई यथास्थानमा राखेर दुई जना विद्यार्थी भने पशु चिकित्सालय तथा विज्ञ केन्द्र उदयपुर, सम्पर्क कार्यालय दिक्तेलमा पठाइएका छन्।

प्रकाशित: १ माघ २०७६ १२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App