१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भ्रष्टाचार आरोपमा पूर्वसांसद यादवलाई मुद्दा

काठमाडौं- अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा पूर्वसांसद सहित ६ जनामाथि मुद्दा दायर गरेको छ।

अख्तियारले पूर्वसांसद विश्वनाथ प्रसाद यादव, पूर्वाधार विकास कार्यालय, सिरहाका तत्कालीन कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइत, सोही कार्यालयका नायव सुब्बा भागवत यादव, तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण भन्ने हरि मण्डल, विरेन्द्रकुमार मण्डल र कृष्णकुमार यादवलाई अख्तियारले मुद्दा दायर गरेको हो।

साथै आरोपीहरु पूर्व सांसद वि.पी. भनिने विश्वनाथ प्रसाद यादव, तत्कालीन राजपा केन्द्रीय सदस्य हरि मण्डल, विरेन्द्रकुमार मण्डल र कृष्णकुमार यादवसमेत ४ जनाले एउटा प्रयोजनको लागि गठित उपभोक्ता समितिको कागजात सच्याई गलत उपभोक्ता समिति गठन गरेको समेत आरोप पत्रमा उल्लेख गरिएको छ।

उनीहरुलाई २५ लाख विगो कायम गरि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २१ अनुसार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

 

प्रकाशित: १ माघ २०७६ ११:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App