२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सुल्तानको निधनमा ओमान पुगेर समवेदना दिए मन्त्री पुनले

ओमान- उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले ओमानका सुल्तान कावुस विनतारिक विनताइमुर विनअल सइदको निधनप्रति नेपालका तर्फबाट ओमानको सरकार तथा त्यहाँका जनता प्रति समवेदना प्रकट गरेका छन्।

अन्तर्राष्ट्रिय नवीरकणीय उर्जा संघ (आइरिना) ओ १० औं साधारण सभामा सहभागी हुन यूएइको अबुधाबी पुगेका मन्त्री पुन त्यहींबाट ओमानको राजधानी मस्कट पुगेर समवेदना प्रकट गरेका हुन्। मन्त्री पुनले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट नवनियुक्त सुल्तान मौसुफ हाइतम विन तारिक विन ताइमुर अल सइदलाई भेटेर समवेदना प्रकट गरे। मन्त्री पुनले राष्ट्रपति भण्डारीले पठाएको लिखित समवेदना पत्र सुल्तान हाइतमलाई हस्तान्तरण गरेका थिए।

त्यस अवसरमा मन्त्री पुनले ओमानको शान्ति, समृद्धि तथा निरन्तर प्रगतिको कामना व्यक्त गर्नुका साथै नेपाल र ओमानबीच विगत ४३ वर्षदेखि कायम रहँदै आएको मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे।

 त्यस क्रममा सुल्तान हाइतमले नेपालका राष्ट्पति, प्रधानमन्त्री, मन्त्री पुनका साथै सम्पूर्ण नेपाली जनताकातर्फबाट समवेदना व्यक्त भएका प्रति धन्यवाद ज्ञापन गरे। त्यसका साथै सुल्तान हाइतम विन तारिक विन ताइमुर अल सइदले नेपाल र ओमान बीच कायम रहेको मैत्रीपूर्ण सम्बन्धको प्रशंसा गर्दै आगामी दिनमा समेत सो सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास गरे।

 

प्रकाशित: २९ पुस २०७६ ०५:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App