१६ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

तस्करी गरी भित्र्याइएका २८ सय चल्ला नष्ट गरियो

कपिलवस्तुको कृष्णनगर नगरपालिका–११ मोतिपुरमा तस्करी गरी भित्राइएका २ हजार ८ सय ८० ब्रोईलर कुखुराका चल्ला बरामद गरिएको छ ।  

सोमबार बिहान करिब ६ बजे इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको गस्ती टोलीले पूर्व–पश्चिम लालपुरदेखि मोतिपुर गाउँतर्फ जाने भित्री सडक खण्डको छेउमा बेवारिसे अवस्थामा चल्लाहरू फेला पारेको हो ।  

भारतबाट मोटरसाईकलमा भित्राइएको चल्ला तस्करहरुले प्रहरीलाई देखे पछि छाडेर भागेका थिए । बरामद गरिएका चल्लाहरूलाई स्थानीय, जनप्रतिनिधि तथा पशु क्वारेन्टाइन चेकपोस्ट कृष्णनगरका प्रतिनिधिको रोहबरमा प्रहरी कार्यालयमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।  

नेपालमा कुखुराको मासुको मुल्य भारत भन्दा बढी रहेकोले तस्करहरुले लुकीछिपी बिभिन्न नाकाबाट ल्याउने गरेका छन ।  

प्रकाशित: १६ चैत्र २०८२ १९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App