१५ चैत्र २०८० बिहीबार
समाज

सिन्धुलीमा राष्ट्रिय जनगणना २०७८ को तयारी सुरु

सिन्धुली- सिन्धुली जिल्लामा राष्ट्रिय जनगणना २०७८ को तयारी सुरु भएको छ। तथ्याङ्क कार्यालय सिन्धुलीले  शुक्रबार एक कार्यक्रमका बिच राष्ट्रिय जनगणना २०७८ को तयारी सुरु भएको जनाएको हो। जिल्लास्तरिय अन्तक्र्रिया तथा छलफल कार्यक्रमको आयोजना गरी उक्त तयारी सुरु गरेको जानकारी दिएको हो।

उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शंकरराज बर्माले जनगणनामा कोही नछुटुन्, कोही नदोहोरिउन्’, भन्दै राज्यले लिएको दिगो विकास लक्ष्यको सूचकहरु मध्ये जनगणना पनि भएको बताए। राष्ट्रिय जनगणना २०७८ लाई सबैले मिलेर सफल पार्नु पर्ने उनको सुझाव छ। विगतका जनगणनामा चौतारामा बसेर तथ्याङ्क ल्याएको सुनिएकोले यस पटक त्यस्ता गलत कार्य हुनु हुदैन उनले भने, तथ्याङ्क सत्य तथ्य रुपमा आउनु पर्छ।

विगतको जनगणनाको कमि कमजोरीलाई सच्याउदै अपेक्षा गरिएको परिणाम राष्ट्रिय जनगणना २०७८ ले ल्याउनुपर्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए। जनगणनाले भरपर्दो, व्यवस्थित र अपेक्षा गरे अनुसारको नतिजा ल्याउनुपर्ने उनको सुझाव थियो। दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले छलफलको क्रममा उठाइएका सल्लाह र सुझावले राष्ट्रिय जनगणनाको अभियानलाई सहयोग पुगेको जनाए। यो अभियानमा स्थानीय तहले गर्नुपर्ने सहयोग पूर्णरुपमा गर्छौ उनले भने, हामी सबै मिलेर यो कार्यक्रम सफल पार्नुपर्ने हुन्छ।

तथ्याङ्क कार्यालयका प्रमुख टिकाप्रसाद नेपालले राष्ट्रिय जनगणना २०७८ का लागि नक्सा बनाउने कार्य भई रहेको जानकारी दिए। जनगणनालाई प्रभावकारी बनाउन प्रचारप्रसारमा तीव्रता दिन सुरु गरिएको भन्दै कार्यालय प्रमुख नेपालले सरकारका तीनै तहसँग छलफलको कार्यक्रम रहेको चर्चा जनगणनामा प्रयोग गरिने प्रश्नावली सबै सरल भाषामा तयार भएको बताए। सो अवसरमा उनले सहभागीहरुलाई जनगणनामा प्रयोग गरिने विधि स्थानीय तहको भूमिका लगायतका विषयमा जानकारी दिए। पछिल्लो समयमा संयुक्त राष्ट्र संघको अवधारणा अनुसार तथ्याङ्क सङकलन भएको उनको भनाइ थियो।

राष्ट्रिय जनगणनाको क्रममा २०७८ बैशाख २५ गतेदेखि जेठ १५ गतेसम्म घर परिवार सूचिकरण गर्ने, जेठ २५ गतेदेखि असार ८ गतेसम्म १५ दिन मूल गणना र सामुदायिक प्रश्नावलीको कार्यक्रम रहेको कार्यालय प्रमुख नेपालले बताए।

प्रकाशित: ११ पुस २०७६ १२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App