५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बाघले दुई दिनमा १६ बाख्रा मार्‍याे

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा बाघले दुई दिनमा १६ वटा बाख्रा मारेको छ। च्यास्मीटार बखापुका कर्मजित राईको जंगलमा चरनमा छाडेको बाख्रा बाघले खाइदिएको हो।

स्थानीय हर्दीखोप जंगलमा चरनमा छाडेको ६ वटा खसी, २ वटा बोका, ४ वटा बाख्रा लगायतका खसी बाख्रा बाघले मारिदिएको स्थानीय शिक्षक योगेन्द्र राईले बताए।

१६ वटामध्ये अझै चार वटा बाख्रा हराइरहेका छन्। बाख्रा हराएपछि खोजी गर्दा बाघले मारेर आधा–आधा मासु खाएको अवस्थामा फेला परेको शिक्षक राईले बताए। दुई महिनाअघि पनि सोही स्थानका बालकृष्ण राउतको बाख्रा बाघले खाइदिएको थियो।

प्रकाशित: ९ पुस २०७६ १३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App