७ वैशाख २०८१ शुक्रबार
समाज

जडिबुटीको व्यापार गर्न जुम्लाका वालबालिका डडेल्धुरामा

डडेल्धुरा– विद्यालय बन्द भएपछी जडिबुटीको व्यापार गर्न जुम्लाका बालबालिका डडेल्धुरा पुगेका छन्। जाडो बिदाको समयमा उनीहरु जडिबुटीको घुम्ती व्यवसायमा व्यस्त देखिन्छन्। 

उनीहरुले शिलाजित, गम्था तेल, जेठिमधु, हिङ लगायतका जडिबुटी बोकी विद्यार्थीहरु डडेल्धुराका बजार, गाउँघरमा जाने गर्छन्। आर्थिक अवस्था कमजोर हुँदा बालबालिकाहरु आफ्ना अभिभावकसंगै व्यापारमा निस्कने गरेका हुन्। 

जुम्लाको सिजा नगरपालिका–६ मा रहेको लुड्को माविमा कक्षा पाँचमा अध्ययनरत ११ बर्षीय बालक डबल शाही मल्ल आफ्ना बुवा संगै डडेल्धुरा आएको बताउँछन्। ‘स्कुल दुई महिना बन्द छ’ उनले भने, ‘बुवासंगै जडिबुटीको व्यापार गर्न यहाँसम्म आएको हुँ।’ जडिबुटीको व्यापारबाट कापी, कलम, लत्ताकपडा किन्ने उनले बताए। 

जुम्लाको सिजा क्षेत्रमा हिउँ परेपछि धेरै नै चिसो हुने भएकाले पनी उनीहरु व्यवसायका लागि अन्यत्र जाने गरेको बताउँछन्। ‘चिसोमा गाउँघरमा कुनै काम हुँदैन’ ५६ बर्षीय हर्क शाही मल्ल भन्छन्, ‘चिसो पनि छलिने, दुई चार रुपैया कमाई पनि हुने भएकाले हामी यता आएका हौं।’

कमजोर आर्थिक स्थिती भएका कारण बिदाको समयमा बालबालिकाहरु अतिरिक्त कक्षा लिएर पढ्न नसकेको गुनासो गर्दै आएका छन्। 

प्रकाशित: ४ पुस २०७६ १०:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App