१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

अधिवक्ता श्रेष्ठमाथि भएको आक्रमणप्रति बारको ध्यानाकर्षण

काठमाडौं– नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता सुनीलकुमार श्रेष्ठमाथि सांघातिक आक्रमण गरेको घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ।

बारका महासचिव लीलामणि पौडेलद्वारा हस्ताक्षरित शुक्रबार जारी प्रेस विज्ञप्तिमा वरिष्ठ अधिवक्ता श्रेष्ठको ‘ल फर्म’ घेराउ गर्ने काम अभद्र र अमर्यादित मात्र नभएर जीउ ज्यानसमेतमा धावा बोल्ने काम भएकाले दोषीलाई कारवाही गर्न माग गरिएको छ।

वरिष्ठ अधिवक्ता श्रेष्ठलाई यही पुस २ गतेका दिन प्रतिवादी विजय पाठकका तर्फबाट कानून व्यवसायीको हैसियतले बाँके जिल्ला अदालतमा बहस पैरवी गरेको विषयलाई लिएर मुद्दाका जाहेरवाला पक्षबाट नचिनिएका ५० भन्दा बढी व्यक्तिले हुलहुज्जत गरी हातपात गरेको विज्ञप्तिमा उल्लेख छ। 

नेपालको संविधानको धारा २० ९२०ले पक्राउ परेका व्यक्तिलाई पक्राउ परेको समयदेखि नै आफूले रोजेको कानून व्यवसायीसँग सल्लाह लिन पाउने तथा कानून व्यवसायीद्वारा पुर्पक्ष गर्नेको हक हुनेछ भनी व्यवस्था गरेको छ। रासस

प्रकाशित: ४ पुस २०७६ ०९:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App