६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

बौद्धनाथ क्षेत्र ‘सडक मानवमुक्त’

काठमाडौं - काठमाडौं महानगरपालिकाले ‘सडक मानवमुक्त’ बनाउने घोषणा गरेसँगै अहिले यहाँका पर्यटक स्थाल तथा धार्मिक क्षेत्रमा मगन्ते हटाउन सुरु सञ्चालन भएको छ। महानगरपालिकाको महत्वपूर्ण पर्यटकीयका रूपमा रहेको बौद्धनाथ क्षेत्र विकास समितिले पनि ‘सडक मानवमुक्त’ गरिएको छ। गत मंसिर २९ गतेदेखि विश्व सम्पदामा सूचिकृत बौद्ध स्तुपामा अभियान सुरु भएको हो।

पर्यटन वर्ष २०२० लाई लक्षित गरी बौद्धनाथ क्षेत्र विकास समिति र काठमाडौं महानगरपालिका–६, महानगरीय वृत्त बौद्ध र विभिन्न स्थानीय संघ संस्थाहरूको अगुवाइमा बौद्ध स्तुपामा रहेका सडक आश्रीत मानव मुक्त घोषणा अभियान गरिएको बताइएको छ। बौद्ध क्षेत्र परिसरमा सडक मानवमुक्त मानगर घोषणा गरेसँगै अहिले सडक मानव आश्रीतलाई बौद्धभित्र प्रवेषमा निषेध गरिएको छ। पर्यटन वर्ष २०२० र महानगरको दिवस पारेर यहाँ सडक आश्रीत मानव मुक्त गर्न थालिएको बौद्ध क्षेत्र विकास समितिको कार्यकार्य निर्देश बसन्त लामाले बताए र

पहिलो दिन प्रहरी प्रशासनको सहयोगमा उनीहरूलाई गाडिमा राखेर बालजुस्थित मानव आश्रममा पु¥याएको थियो। राति सडकमा सुत्ने, वेसाहरा तथा सडक बालबालिकालाई अभिभावकसँग पुर्नमिलन गर्ने र बृद्धाबृद्धलाई आश्रममा लिने गरेको कार्यकारी निर्दशक लामाले बताए। यसका साथै विहना ८ बजेबाट परेवाको लागि दाना बेच्न समेत बन्देज गरिएको छ।

प्रकाशित: ४ पुस २०७६ ०४:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App