११ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

प्रहरीलाई घुस दिन खोज्दा एक पक्राउ

स्याङ्जा- वडा प्रहरी कार्यालय वालिङले घुस दिन खोज्दा एक जनालाई पक्राउ गरेका छन्। वडा प्रहरी कार्यालय वालिङका प्रमुख निरञ्जन घिमिरेलाई कार्य कक्षामा गई १५ हजार रुपैयाँ नगद दिन खोज्दा वालिङ नगरपालिका–८ का जहरुदीन मिया पक्राउ परेका हुन्।

'गोरु व्यापार गर्नु पर्‍यो तपाई १५ हजार राख्नुुस् ' भनी टेवुलमा राखि आर्थिक प्रलोभनमा पार्न खोजेकाले पक्राउ गरेको वडा प्रहरी कार्यालयका प्रमुख घिमिरेले बताए।

पक्राउ परेका मियालाई आवश्यक कारवाहीका लागि अख्तियार दुरुपयोय अनुसन्धान आयोग पोखरामा बुझाएको घिमिरेले बताए।

 

 

प्रकाशित: १ पुस २०७६ १४:५४ मंगलबार

प्रहरी घुस पक्राउ