२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

तीन जना पक्राउ

भक्तपुर – छुरा प्रहार गरी फरार भएका तीनजनालाई भक्तपुर प्रहरीले सोमबार पक्राउ गरेको छ। भक्तपुर नगरपालिका– ३ बंशगोपालका १९ वर्षीय रामशेखर शिलाकार, समिर माक र सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–६, घर भईं हाल भक्तपुर मध्यपुरथिमी बस्दै आएका १९ वर्षीय प्रविण बस्नेतलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। उनीहरूले गत मंसिर २५ गते राती करिब ९ बजे भक्तपुर नगरपालिका–१०, कमलविनायक बसपार्कमा ४८ वर्षीय गंगाप्रसाद प्रजापतीलाई धारीलो हतियार प्रहार गरी गम्भिर भाइते बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी बृत्त जगाती भक्तपुरबाट खटीएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको बताइएको छ।

गोप्य सूचनाको आधारामा तीनै जनालाई भक्तपुर नगरपालिका–९, च्याम्हासिंहस्थित सडक खण्डबाट पक्राउ गरिएको महानगरीय प्रहरी बृत्तका सूचना अधिकारी रेवतीरमण पोखरेलले जानकारी दिए। पक्राउ परेका मध्य रामशेखरको साथबाट चार सय ग्राम गाँजासमेत फेला परेको उनले बताए। पक्राउ परेकाहरू विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरीएको छ। उनीहरूलाई जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप गरेर आवश्यक अनुसन्धानको लागि प्रहरी हिरासतमा राखीएको सूचना अधिकारी पोखरेलले बताए।

प्रकाशित: १ पुस २०७६ ०४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App