१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अनुसन्धानका लागि सिआईबी टोली कपिलवस्तुमा, रहस्यमय बन्दै हत्याकाण्ड

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेमा भएको हत्याको विषयमा अनुसन्धान गर्न केन्द्रिय अनुसन्धान ब्युरोको टोली जिल्ला आएको छ। हत्याकाण्ड रहस्यमयी भएपछि त्यसलाई सुल्झाउन सिआईबीको ३ सदस्यीय टोली आइताबार जिल्ला आएको हो। घटना भएको १० दिन बितिसक्दा पनि अझै हत्याको रहस्य बाहिर आउन सकेको छैन।

टोलीले आइताबारदेखि नै काम सुरु गरेको प्रहरी नायब उपरीक्षक सुनिम मल्लले बताए। उता सो घटनाकालागि ईलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक सुभाष खड्काको नेतृत्वमा अनुसंधान टोली बनाइएको थियो। सिबिआईले घटना स्थलको निरीक्षण, परिवार, छरछिमेकसँग सोधपुछसमेत गरेको प्रहरी श्रोतले जनाएको छ।

गत मंसिर १३ गते पौडलेको आफ्नै घरमा बिभत्स हत्या गरिएको थियो। घटनाको आरोपमा मृतककी बुहारी लक्ष्मी पौडेललाई प्रहरीले पक्राउ गरेको थियो। उनलाई अदालतबाट म्याद थपेर अनुसन्धान जारी राखेको छ। पौडेल आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका थिए। १३ गते दिउँसोे घटना भए पनि प्रहरीले साँझ ७ बजे मात्र घटनाबारे थाहा पाएको थियो। सो हत्या लक्ष्मीले नै गरेको मृतकका परिवारहरुको आरोप छ। घटनाको ४० दिन अघि दुबई रहेका मृतकका छोरा शंकरले बुवाको हत्या आफ्नै श्रीमतीले गरेको दाबी गर्छन्। घटनाबारे थााहा पाएर घर फर्केका उनले श्रीमती र आफुबीच दिनहुँझै झगडा भईरहने र श्रीमतीले बुवा, आमा र दिदीलाई धम्की दिने गरेको बताए।

मृतकका परिवारकाअनुसार घटनाको दिन लक्ष्मी र मृतक पौडेल घरमै थिए। दाडी काटी रहेका पौडेललाई लक्ष्मीले आफ्ना २ वर्षे छोरालाई टीबी खोल्न बोलाएर त्यही घरमै रहेको मौका छोपी हत्या गरेकी थिइन्। हत्यापछि लक्ष्मीले नै ससुरा हराएको र घरमा चोर आएको विषयमा प्रहरीमा जानकारी गराएकी थिईन्। मृतकका आफन्तले गरेको फोन नलानेपछि खैलाबैला मचिएको थियो। खोजबिन गर्दा पौडेल टीबी कोठामा बिभत्स हत्या गरिएको अवस्थामा भेटिएका थिए। शवमाथि सिरक , ब्ल्याङकेट कपडा थियो। त्यही कपडाको बीचबाट लक्ष्मीको मोबाइलसमेत भेटिएको मृतकका छोरा शंकरले बताए।

शंकरले श्रीमतीले आफ्नो बुवाको योजनाबद्ध ढंगबाट हत्या गराएको बताए। घटनाको एक दिन अघि काठमाडौं जान हिडेकी लक्ष्मी गोरुसिंगेमा रहेको ईटालीन होटलमा अर्को नाम गरेर बसेको भेटिएको छ। त्यही होटलमा रहँदा एक अपरिचित पुरुषले लक्ष्मीको छोरालाई ल्याएका थिए। स्टाप नर्स पढेकी लक्ष्मीसँग पैसाका विषयमा श्रीमान र परिवारसँग किचलो हुने गरेको थियो। शंकरकाअनुसार लक्ष्मीले दिएको सात लाख बढी रुपैयाँकोसमेत हिसाब दिन सकेकी थिईनन्। लक्ष्मी र उनका श्रीमन शंकर सासुससुराबीच लामो समयदेखि हुँदै आएको बिवादको दःखद अन्त्य भएको छिमेकीहरु बताउँछन्।

छिमेकीकाअनुसार सो घटनामा लक्ष्मीकै प्रत्यक्ष हात रहेको छ। पौडेलको घाँटी, टाउँको र शरीरका अन्य विभिन्न स्थानमा गम्भिर चोट थियो। उनी अर्घाखाँचीबाट बसाईसरेर गोरुसिंगे आएका हुन्। उनी मंसिर १३ गतेदेखि हराएका थिए। उनी हराएको भन्ने सूचनाको आधारमा प्रहरीले खोजबिन गर्दा कोठामा मृत अवस्थामा फेला परेका थिए।

 

प्रकाशित: २३ मंसिर २०७६ १४:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App