७ वैशाख २०८१ शुक्रबार
समाज

‘बुढीगण्डकी प्रभावितले जनप्रतिनिधिलाई गाउँ जान निषेध गर्ने’

काठमाडौं– बुढीगण्डकी प्रभावित क्षेत्रका स्थानीयहरुले जनप्रतिनिधिहरुलाई गाउँ जान प्रवेश निषेध गर्ने भएका छन्। उनीहरुले मुआब्जा कम भएको भन्दै आन्दोलन गरिरहदा समेत एकवद्धता जनाउन नआएकाले जनप्रतिनिधिलाई त्यस क्षेत्रमा जान प्रतिवन्ध गरिएको बताएका हुन्।

आन्लदोलनरत धादिङ विशालनगर खहरेका सुमन धरेलले जनप्रतिनिधिलाई निषेध गरिएको बताए। उनले हरेकदिन काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गर्दै आउँदा समेत सकरारले आफुहरुको मागप्रति कुनै चासो नदिएको बताए। बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित गोर्खाको आरुघाट आर्खेत र धादिङ्को विशालनगर खहरे क्षेत्रको मुआब्जाको मूल्य निर्धारणमा पुर्नविचार गर्न माग गर्दै बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिले हरके दिन आदनेलन गर्दै आएको छ। तर सरकारले अहिले सम्म जनताको माग पुरा गर्न कुनै सुनुवाई नगरेको र जनप्रतिनिधिले समेत चासो नदिएकाले त्यस क्षेत्रमा जान प्रतिवन्ध गरिएको धरेलले बताए।

सरोकार समितिका अध्यक्ष दिनेश कुमार ढकालले सरकारले यसअघि धेरै कम मुल्य निर्धारण गरेकाले आन्दोलन गर्नुपरेको बताए। उनले पुनः मूल्य निर्धारण नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिए। 

प्रकाशित: २२ मंसिर २०७६ १५:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App