बैतडी- मेलौली नगरपालिकाले जनप्रतिनिधिको लागि छुट्याएको पारिश्रमिक रकम विकास निर्माणमा खर्च गर्ने तयारी गरेको छ। नगरकार्यपालिकाको बैठकले जनप्रतिनिधिको पारिश्रमिक वापत छुट्याएको ६० लाख रुपैयाँ विकास निर्माणका योजनामा खर्च गर्ने निर्णय भएको कार्यपालिका सदस्य सुरत पार्कीले जानकारी दिए।
सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिको तलबमा रोक लगाएपछि नगरपालिकाले सो रकम विकास निर्माणका काममा खर्च गर्ने निर्णय गरेको हो।
यस्तै चालु खर्चका लागि विभिन्न शीर्षकमा छुट्याएको ७७ लाख रुपैयाँ पनि विकास निर्माणका काममा खर्च गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ। नगरपालिकाभित्रका विकास निर्माणका योजनाहरु सम्पन्न गर्नका लागि चालुखर्च तर्फको रकम पनि पूँजीगत खर्चमा रुपान्तरण गरिएको नगरप्रमुख कृष्णसिंह नायकले बताए।
प्रकाशित: २० मंसिर २०७६ ०७:०६ शुक्रबार