२८ श्रावण २०७७ बुधबार
समाज

प्रजिअको सरुवा

काठमाडाैं- गृह मन्त्रालयले पाँच प्रमुख जिल्ला अधिकारीसहित छ जनाको सरुवा गरेको छ। मन्त्रालयले आज जारी गरेको सूचनाअनुसार पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईको चितवनमा र चितवनका जीतेन्द्र बस्नेतको पर्सामा सरुवा भएको छ। 

यस्तै भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्टको मकवानपुरमा, लमजुङ प्रजिअ डिजन भट्टराईलाई अध्यागमन विभागमा, गृहका सहसचिव हुमकला पाण्डेलाई भक्तपुरको प्रजिअमा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका लक्ष्मण खड्कालाई लम्जुङमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ। रासस

प्रकाशित: १७ मंसिर २०७६ २१:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App