११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

राँगाको बलि दिने कार्य शुरु

बारा - महागढीमाई नगरपालिकाको बरियारपुरमा जारी गढीमाई पञ्चवर्षिय मेलामा मंगलबार बिहानैदेखि रांगाको बलि दिने कार्य शुरु गरिएको छ। बिहानैदेखि राँगा बलि दिनुभन्दा पहिला सोमबार १२ बजे रातिदेखि गढीमाईको पुजारहरुले तान्त्रिक बिधि अनुसार मंगलबार बिहान ७ बजेसम्म पुजा गरेर पञ्चबलिको दिएका छन्।

पञ्चवलिको रुपमा मुसा, बोका, पाठी(बाख्रा) परेवा, हंसको अण्डा गरि पाँच जिवलाई बलि दिएपछि राँगाहरुको बलि दिने कार्य शुरु भएको  गढीमाई मान्दिरको पुजारी शिव चौधरीले बताएका छन्। गढीमाईसँग मागेको भाखल पुरा भएपछि नेपालको बिभिन्न स्थान र भारत बिहार, उत्तर प्रदेश र बंगालको बिभिन्न जिल्लाहरुबाट श्रद्धालुहरुले गढीमाईलाई बलि दिनको लागि राँगाहरुलाई लिएर आएका थिए।

नेपाल र भारतको बिभिन्न स्थानहरुबाट एक हप्ता पहिलादेखि श्रद्धालुहरुले लिएर आएका राँगाहरुलाई रंगशालामा जम्मा गरिएको राखिएको पुजारी चौधरीले बताए। रंगशालामा श्रद्धालुहरुले पाँच हजारको हाराहारीमा बलिको लागि राँगाहरुलाई लिएर आएको ती सबै राँगाहरुको बलि दिने बलि व्यवस्थान समितिका पदाधिकारीहरुले बताएका छन्।

वडा सुरक्षा बिच बली दिने कार्य
गढीमाई पञ्चवर्षिय मेलामा दिने पशु बलिको बिषयलाई लिएर नकारात्मक प्रचार वाजी भएको भन्दै वडा सुरक्षा बिच राँगा बलि दिने कार्य गरिएको छ। गढीमाईसँग भागल पुरा भएपछि धेरै श्रद्धालुहरुले राँगा दिने गरे पनि त्यसलाई रोक्नुपर्छ भनी केहीले माग गरेपछि यस क्षेत्रमा त्यसको बिरोध समेत शुरु भएको छ।

प्रकाशित: १७ मंसिर २०७६ ०५:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App