१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

बैंकका कर्मचारीमाथि आक्रमण

कञ्चनपुर- अज्ञात समूहले पुनर्वास नगरपालिकाको आइबीआरडी बजारमा बिहिबार दुई बैंक कर्मचारीमाथि साङ्घातिक आक्रमण गरेको छ। आक्रमणबाट माछापुच्छ्रे बैंकमा कार्यरत प्रवीन भट्ट र शारदा पन्त घाइते भएका छन्।

दुबै जनाको टाउको र मुखमा चोट लागेको प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। बैंकका व्यवस्थापक भट्टलाई उपचारका लागि काठमाडौँ लगिएको छ। पन्तको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रहरी उपरीक्षक आचार्यका अनुसार स्कुटरमा आएका तीन जनाले दुवै कर्मचारीलाई पुनर्वासबाट धनगढी आउने क्रममा आक्रमण गरेका हुन् । प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ। रासस

प्रकाशित: १२ मंसिर २०७६ १६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App