१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विद्युतीय सवारी हस्तान्तरण

भारतीय महिला संघकी अध्यक्ष नम्रिता पुरी बुधबार आयोजित कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई विद्युतीय सवारीको साचो हस्तान्तरण गर्दै। तस्बिर : उपेन्द्र लामिछाने।

काठमाडौ – भारतीय महिला संघले पशुपति क्षेत्र विकास कोषलाई दुई वटा विद्युतीय सवारी साधन हस्तान्तरण गरेको छ।

संघकी अध्यक्ष नम्रिता पुरीले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई बुधबार पशुपति मन्दिर परिसरमा आयोजित कार्यक्रममा लिथियम आयन ब्याट्री जडित आठ सिट क्षमताको दुई विद्युतीय सवारी साधन हस्तान्तरण गरेकी हुन्।

पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने तीर्थयात्री र विशेष गरी महिला, बालबालिका, वृद्धवृद्धा तथा अशक्त व्यक्तिका लागि यी सवारी साधन उपयोगी हुने पुरीले बताइन्। सवारीसाधनले दुई महिलाको लागि रोजगारीको अवसर पनि प्रदान गर्ने बताउँदै सानो रूपमा भए पनि यसले महिला सशक्तीकरणमा सहयोग पु-याउने बताइन्।

पशुपति विकास कोषका सदस्यसचिव प्रदीप ढकालले महिला संघलाई धन्यवाद दिँदै यसले अशक्त तथा ज्येष्ठ नागरिकको पशुपति भ्रमणलाई सहज तुलाउने बताए।

भारतीय राजदूतावासको संरक्षकत्वमा रहेको भारतीय महिला संघ भारतीय महिलाको संगठन हो, जसले नेपालमा रहेका भारतीय महिलालाई एउटै मञ्चमा ल्याउने काम गर्छ।

भारतीय महिला संघले यसअघि पनि नेपालमा महिला तथा बालबालिकालाई लक्षित गरी विभिन्न परोपकारी क्रियाकलाप गर्दै आएको छ।

प्रकाशित: १२ मंसिर २०७६ ०३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App