५ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

वडा कार्यालयले चलायो निःशूल्क ट्यूसन कक्षा

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ वडा कार्यालयले एसइईको तयारी कक्षा थालेको छ। हाल एसइईको तयारी गरिरहेका वडाभित्रका छात्र÷छात्रालाई सहभागी गराएर वडा कार्यालयले सोमबारदेखि चार महिने निःशुल्क ट्यूसन कक्षा सुरु गरेको हो।

एसइईको तयारी गरिरहेका छात्र÷छात्रालाई गाउँमै अध्ययन गर्ने व्यवस्थापनका लागि वडा कार्यालयले ट्यूसन कक्षाको आयोजना गरेको वडाध्यक्ष ललितकुमार राईले बताए। निःशुल्क ट्यूसन कक्षामा एसइई तयारी गरिरहेका वडाका २७ विद्यार्थी सहभागी भएका छन्। ट्यूसन कक्षामा सहभागी भएवापत लाग्ने प्रतिविषय मासिक पाँच सय शुल्क वडा कार्यालयले तिरिदिने गरी कक्षा सुरु गरिएको हो।

ट्यूसन कक्षाबाट आर्थिकरुपमा अन्यत्र गएर ट्यूसन कक्षा लिन नसक्ने छात्र÷छात्रा बढी लाभान्वित भएका छन्। जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, बुद्धिजिवी, अभिभावक, विद्यार्थीको बैठकको निर्णयअनुसार वडाले ट्यूसन कक्षाको व्यवस्था मिलाएको वडाध्यक्ष राईले बताए।

प्रकाशित: ३ मंसिर २०७६ ०५:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App