१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गढीमाई मेला सुरु

गढीमाई मेला भर्न आएका श्रद्धालु आइतबार गढीमाइ मन्दिरमा पूजापाठ गर्दै।

बारा – महागढीमाईको बरियारपुरमा गढीमाई मेला आइतबारदेखि सुरु भएको छ। प्रत्येक पाँच–पाँच वर्षमा लाग्ने मेलामा हजारौं श्रद्धालु आउने गरेको इतिहास छ।

यसपटक मेलालाई व्यवस्थित गर्न ७२ सदस्यीय मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति गठन गरिएको गढीमाई पञ्चवर्षीय मेला मूल व्यवस्थापन समितिका महासचिव मोतीलाल कुशवाहाले बताए।

एक महिनासम्म लाग्ने मेलामा मंसिर १७ गते राँगा बलि र १८ गते बोका बलि दिने कार्यक्रम रहेको गढीमाई मन्दिरका पुजारी मंगल चौधरीले बताए।

हजारौंको संख्यामा आउने भक्तजनको व्यवस्थापन मेला समिति र सुरक्षाकर्मीका लागी मुख्य चुनौती बन्ने गरेको छ। श्रद्धालुको सुविधाको लागि मेला क्षेत्रमा पाँच सय शौचालय र एक सय ५० भन्दा बढी चापाकलको व्यवस्था गरिएको महागढीमाई नगरपालिकको प्रमुख उपेन्द्र यादवले बताए।

मेला भर्न यसपटक ७० लाखभन्दा बढी श्रद्धालु आउने अनुमान छ। श्रद्धालुलाई वासका लागि पालको व्यवस्थाको गरिएको जानकारी उनले दिए। पालमा ८० हजारदेखि एक लाख श्रद्धालु बस्ने सक्ने यादवले बताए। मेला भर्न आउने श्रद्धालुका लागि विभिन्न खाले मनोरञ्जको व्यवस्था पनि गर्न लागिएको जानकारी उनले दिए।

गढीमाई मेलालाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला सुरक्षा समितिले विशेष रणनीति बनाएको बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए। उनले मेलामा आवश्यकता अनुसार एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ। मेलास्थलमा सिसिटिभी क्यामेरासमेत जडान गरिने उनले बताए। मेला अवधिभर उक्त क्षेत्रमा मदिराजन्य पदार्थ बिक्रीमा रोक लगाउने निर्णय गरिएको जानकारी पनि प्रजिअ पोखेरलले दिए।

प्रकाशित: २ मंसिर २०७६ ०२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App