१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खोपले घटायो निमोनिया संक्रमण

काठमाडौं – निमोनिया विरुद्धको खोप प्रयोग गरेका बालबालिकामा निमोनिया संक्रमण घट्दै गएको एक अध्ययनले देखाएको छ। निमो नेपालले बुधबार विश्व निमोनिया दिवसको अवसरमा अध्ययनको तथ्यांक सार्वजनिक गरेको छ। नेपालले दिवसको अवसरमा पत्रकार सम्मेलन गरी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो।

अध्ययनले चार वर्षदेखि नियमित निमोनिया विरुद्धको खोप लिएका बालबालिकामा निमोनिया घट्दै गएको औल्याएको छ। करिब ५० प्रतिशत बालबालिकाको नाकमा निमोनियाको किटाणु नभएको र निमोनियाको कारण अस्पताल भर्ना हुने बालबालिकाको संख्या करिव ५० प्रतिशतले घटेको जनाइएको छ।

अध्ययनले निमोनियापछि अभिभावकको बालबालिकामा मासिक हुने उपचार खर्चसमेत घटेको छ। खोप कार्यक्रम सञ्चालन हुनुअघि निमोनियाकै कारण प्रति परिवारको प्रति बालबालिकामा मासिक १३ हजार २ सय ५० रूपैयाँ उपचार खर्च हुन्थ्यो। रोग नियन्त्रणको लागि खर्च भएको तुलनामा उपचार खर्च घटेको कारण यो खोपले प्रत्येक परिवारलाई गरिबीमा धकेल्न समेत बचाएको अध्ययनले जनाएको छ।

निमो नेपालले निमोनिया विरुद्धको खोपको तथ्यांक संकलन गर्ने क्रम २०२० सम्म जारी राख्नेछ। सन् २०१५ देखि नेपाल सरकारले सुरु गरेको यो खोपको कारण वर्षेनी निमोनियाकै कारण हुने मृत्यु घटिरहेको अध्ययनले औल्याएको छ। नेपालमा तुलनात्मकरूपमा एचआइभी र क्षयरोगले हुने मृत्युभन्दा निमोनियाले हुने मृत्युदर धेरै थियो।

विशेष गरी पाँच वर्ष मुनिका बालबालिकामा यो दर बढी देखिन्छ। अन्तर्राष्ट्रिय संस्था ‘गाभी’को सहयोगमा नेपालमा एसियामै पहिलो पटक निमोनिया विरुद्धको खोप संचालनमा आएको थियो। निमो नेपालले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्व स्वास्थ्य संगठन, स्वास्थ्य सेवा विभाग, बालबालिका समाज, विश्व स्वास्थ्य संगठन, युनिभर्सिटी कलेज अफ लण्डनलगायत संस्थाको सहकार्यमा सो अध्ययन गरिएको हो।

प्रकाशित: २८ कार्तिक २०७६ ०१:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App