१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आलमको थुनछेक बहस सकिएन

रौतहट- पहिलो संविधान सभा निर्वाचनको एक दिन पहिले राजपुर फरहदवामा भएको बम विस्फोट घटनाको मुख्य आरोपि पूर्व सासंद मोहम्द आफताब आलमको थुनछेक बहस बुधबारसम्म पनि सकिएको छैन्। 

आलमले आफ्नो राजनीतिक बलमा घटना नै नभएको र प्रहरी अनुसन्धान समेत फितलो बनाएपछि बिस्फोटमा मारिएका पीडितहरुले सर्वोच्च अदालतसम्म न्यायको लागि पुगेका थिए। सर्वोच्च अदालतका तत्कालिन न्यायाधीश सुशीला कार्कीको इजलाशले मुद्दाको पुनः गहन रुपमा अनुसन्धान गर्न निर्देशन दिएको थियो।

रौतहट जिल्ला अदालतका दिपक ढकालको इजलाशमा आलमको पक्षमा वचाउ गर्दै बुधवार पनि चारजना कानुन व्यावसायीले बहस गरेका छन्। वादीको तर्फवाट पूर्व महान्याधीवक्ता युवराज संग्रौलाले बहस गर्दै आलमले १२ बर्ष अगाडि ठूलो अपराध गरेकोले उनलाई थुनामा राखि कारबाही गर्न जरुरी देखिएको बताएका थिए।

पूर्वमहान्यायाधीवक्ता रमन श्रेष्ठले आलमको तर्फबाट बहस गर्दै मिडिया र प्रहरी माथि नै दोष लगाएका छन्। न्यायाधीश ढकालको इजलाशमा बहस गर्दै पूर्व महान्यायाधीवक्ता श्रेष्ठले आलमलाई राजनीतिक प्रतिशोधले फसाउन खोजेको, १२ बर्ष अघि नै घटना नभएकोले यसको कुनै आधार र प्रमाण फेला नपरेकोले तत्कालिन सरकारी वकिल र माहान्यायाधिवक्ताको कार्यालयले खारेज गरेको अवस्थामा यो मुद्दा चल्नु पर्ने कुनै तर्क नरहेको जिकिर गरेका छन्।

बुधवार प्रतिवादीको तर्फवाट रौतहट जिल्लाका कानुन व्यावसायी लाल बाबु राय यादव, संजिव मल्लिक, अजय पटेलले बहस गरेका छन्। वादीको तर्फबाट करिब दर्जन बढी कानुन व्यावसायीले दुई दिनसम्मको लामो बहस गर्दै घटना गम्भिर प्रकृतिको रहेकोले आलमलाई तत्कालका लागि थुनामा राखी अनुसन्धान गर्न माग गरेपनि आलम पक्षका कानुन व्यावसायीले घटना नै नघेटेको आलमलाई राजनीतिक पूर्वाग्रहका हिसाबले फसाएको भन्दै उनको बचाउको पक्षमा बहस गरेका थिए।

 

 

 

प्रकाशित: २७ कार्तिक २०७६ १२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App