५ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

निवर्तमान सभामुख महरामाथिको मुद्दामा आज थुनछेक बहस

काठमाडौं – निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि आज थुनछेक बहस हुँदैछ । संघीय संसदको सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले बलात्कार प्रयासको उजुरी दिएपछि पकाउ परेका महराको बयान सकिएपछि आज थुनछेक बहस हुन लागेको हो।

बलात्कार प्रयासको मुद्दासहित २ मुद्दामा थुनछेकको बहस हुन लागेको हो जिल्ला अदालत काठमाडौका एक कर्मचारीले बताए। जनाएको छ। अदालतमा गएको शुक्रबार बयान सकिए पनि हिजो शनिबार विदा परेकाले थुनछेक बहस हुन सकेको थिएन ।

महराले बयानमा वारदात स्थलमा नपुगेको दाबी गरेका छन् । घटना भएको भनिएको घर छेउ पुगे पनि सम्पर्क नभएपछि भित्र नछिरी फर्किएको उनको बयान दिएका हुन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जबरजस्ती करणी उद्योगमा अधिकतम ५ वर्ष र उच्च अहोदामा बसी कसुर गरेको अभियोगमा थप साढे २ वर्ष गरी ७ वर्ष ६ महिना कैद सजायको मागदाबी गर्दै महराविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो।थुनछेक बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा रिहा गर्ने मध्ये एक आदेश हुनसक्छ । असोज १९ गते पक्राउ परेर दसैं हिरासतमै बिताएका महराको तिहार पनि हिरासतमै बितेको थियो।महरालाई १९ असोजमा पक्राउ गरिएको थियो ।

अदालतले महरामाथि अनुसन्धान गर्न यसअघि पहिलो पटक १३ दिन र त्यसपछि ५ दिन म्याद दिएको थियो । तर प्रहरीले अनुसन्धान नसकिएको भन्दै फेरि समय मागेपछि अदालतले पछिल्लो पटक ७ कात्तिकमा थप सात दिन म्याद थपिदिएको थियो। गत १३ गते संसदकै महिला कर्मचारी रोशनी शाहीले बलात्कार गरेको आरोप लगाएपछि महराले १४ नै राजीनामा दिनुपरेको थियो।

प्रकाशित: १७ कार्तिक २०७६ ०६:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App