३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

औरहिमा पक्की पुल निर्माणले पर्यटन व्यवसायी उत्साहित

बर्दिया - औरहि स्थित खहरे खोला बढ्द पर्यटक अलपत्र पर्थे । त्यस्तै खोलामा पुल नहुदाँ पर्यटन व्यवसायी मर्कामा थिए। बुकिङ भएका पर्यटक खोलाकै कारण फर्कन पर्थ्यो । 

पश्चिमकै पर्यटकिय गन्तव्य ठाकुरद्धारा पुल नहुँदा पुग्न सहज थिएन। बुधवार औरहिमा निर्माण भएको पुल आवागमन खुला भएपछि पर्यटन व्यवसायीले गाडीको लस्कर लगाएर पुलबाट खोला पार गरे । 

समय अवधिभन्दा अघि पर्यटकिय गन्तव्यमा जोड्ने पक्की पुल निर्माण भएपछि स्थानीय पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

पुल नहुँदा सास्ती खेपेका पर्यटन व्यवसायी पक्की पुल बनेपछि पर्यटकलाई पश्चिम तराई पर्यटकिय गन्तव्य ठाकुरद्धारा पुग्न सहज भएको पर्यटन व्यवसायी रामजी थापाले बताए ।

खोलामा पुल नहुदाँ पर्यटकलाईसास्ती हुन्थ्यो’ उनले बिगतका घटना स्मरण गर्दे भने,‘पर्यटकले खोला पार गर्दा जोखिम मोल्नु पथ्र्यो ।’ पुल संञ्चाालनमा आएपछि विकास भएको अनुभति भएको उनले सुनाए । समयअघि निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीलाई प्रशंसा पत्र पनि दिइएको छ ।

सम्झौता मिति भन्दा १ बर्ष अगाडिनै निर्माण सम्पन्न भएको सो पुल सञ्चालनमा आएपछी बर्दिया राष्ट्रिय निकुञ्ज आउने पर्यटकलाई सहज भएको छ ।

२०७४ साल फागन  ११ गतेबाट निर्माण कार्य सुुरू भएको सो पुल स्थानीयबासी, प्रशासनको सहयोगमा १ वर्ष अगाडीनै सम्पन्न गर्न सफल भएको निर्माण कम्पनी सपना गाल्भा जेभीका संचालक तिलकराम लम्सालले वताए। समय अघि  पुल निर्माण भएका कारण जिल्ला प्रशासन कार्यालय बर्दिया र डिभिजन सडक कार्यालय नेपालगन्जले प्रशंसा पत्र समेत निर्माण कंपनिलाई प्रदान गरेको छ । पुलको लम्बाई १ सय ७० मीटर छ । पुलको लागत  ९ करोड ९६ लाख हो ।

मध्यवर्ती क्षेत्र भएकाले वातावरणीय प्रभाव मूल्यांकनलगायत समस्या थिए । ती समस्या समाधान गरी निर्धारित अवधिभन्दा पुल निर्माण भएको  स्थानीयले बताए । पुल नहुँदा बर्खामा पर्यटक आउजाउमा समस्या थियो । पुल बनेपछि सहज हुने स्थानीय व्यवसायीको भनाइ छ ।

यस पुल बाट यस क्षेत्रका १ लाख सर्वसाधरण र ठाकुरद्धारा पुग्ने पर्यटकका लागि  सहज हुने स्थानीयले बताए । डिभिजन सडक कार्यालयले समयभन्दा अघि पुलनिर्माण भएकाले ठेकेदार कम्पनीलाई बोनस दिने जनाएको छ ।

प्रकाशित: १० कार्तिक २०७६ १०:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App