१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सङ्क्रमणकालीन न्यायलाई अघि बढाउन माग

काठमाडाैं- द्वन्द्व पीडित साझा चौतारीले नेपालको दशवर्षे सशस्त्र द्वन्द्वका पीडितलाई सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई अविलम्ब अगाडि बढाउन माग गरेको छ। चौतारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा पीडामा पिल्सिरहेका आफ्ना नागरिकको पीडाको सुनुवाइका लागि इमान्दार भएर सङ्क्रमणकालीन न्यायको प्रक्रिया अगाडि बढाउन माग गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “पीडामा मलम लगाउनका लागि तत्काल विश्वसनीय र ठोस कदम चाल्नु सरकारको उत्तरदायित्व भएकाले राजनीतिक स्वाथ्यको चपेटामा परेको सङ्क्रमणकालीन न्यायमाथि थप उदासिनता नदेखाउन र तत्काल पीडित समुदायको भावना र सर्वोच्च अदालतको फैसलाबमोजिम पक्रिया अगाडि बढाउन जोडदार माग गर्दछ।”
     
चौतारीले यही कात्तिक १ गते सुर्खेतमा द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार हननका कारण युवा तथा बालबालिकामा पर्न गएको असर एवं कात्तिक ४ गते दाङमा गम्भीर मानव अधिकार उल्लङ्घनका कारण भएको यातना, अपाङ्गता तथा अङ्गभङ्गका कारण नागरिकले भोग्नुपरेको पीडा, क्षति, भोगाइ आदिका बारेमा उक्त कार्यक्रमको आयोजना गरेको थियो । पीडितहरु आफूले भोगेका पीडा उन्मुक्त भएर व्यक्त गर्ने र अलिकति भए पनि मन हलुका पार्ने अवसरबाट समेत शान्ति सम्झौता भएको १३ वर्षसम्म पनि बञ्चित नै छन्। रासस 

प्रकाशित: ६ कार्तिक २०७६ १६:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App