१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उपत्यकामा नक्कली नोट छाप्ने मेशिन!

काठमाडाैँ – उपत्यकामा नक्कली नोट छाप्ने मेशिन प्रहरीले नियन्त्रणमा लिएकाे छ। नक्कली नोट बनाउने मेसिनसहित प्रहरीले ३ जना पक्राउसमेत गरेकाे छ। पक्राउ पर्नेमा पृथ्वीराज भन्ने राजन परियार, सन्तोष नेपाली र महेन्द्र नेपाली रहेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौँ प्रमुख एसएसपी उत्तमराज सुवेदीले गोकर्णेश्वर नगरपालिका– ३ बाट नक्कली नोट बनाउने मेसिनसहित उनीहरूलाइ नियन्त्रणमा लिएकाे बताए।

उनले भने,'विशेष सूचना आधारमा सोमबार बिहान महानगरीय प्रहरी बौद्धले छापा मार्दा एक हजारका १७ थान नक्कली नोट, अगाडि खाली भएको र पछाडितिर हात्ती प्रिन्ट भएका एक हजार जस्तो देखिने १५ थान नक्कली नोट बरामद गरेको हो।'

दोलखा घर भएका उनीहरु बौद्धमा कोठा लिएर बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ कार्तिक २०७६ ०६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App