७ पुस २०८१ आइतबार
image/svg+xml
समाज

एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण, कुन कलेजमा कति?

काठमाडौं–  नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ।

चिकित्सा शिक्षा आयोगको विशेष आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६/७७  लागि  मेडिकल कलेजहरुका लागि नयाँ सिट निर्धारण गरेको हो।

काउन्सिलले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिट सङ्ख्या निर्धारण गरेको जनाएको छ।

काउन्सिलका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (एमबिबीएस १०० र  बिडीएस ५०) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (एमबिबीएस ६५), काठमाडौँ स्कूल अफ मेडिसीन धुलिखेल (एमबिबीएस ८५ र  बिडीएस ५०), नोबेल मेडिकल कलेज (एमबिबीएस १०० र  बिडीएस ३५) ले सिट प्राप्त गरेका छन्।

यसैगरी विराट मेडिकल कलेज (एमबिबीएस ७५), काठमाडौँ मेडिकल कलेज (एमबिबीएस १०० र  बिडीएस ५०), नेपाल मेडिकल कलेज ( एमबिबीएस १०० र  बिडीएस ५०), कलेज अफ मेडिकल साइन्सेस (एमबिबीएस १०० र  बिडीएस ५०) र लुम्बिनी मेडिकल कलेज ९( एमबिबीएस १००), नेपालगञ्ज मेडिकल कलेज (एमबिबीएस १००), मनिपाल मेडिकल कलेज (एमबिबीएस १००), देवदह मेडिकल कलेज (एमबिबीएस ५०) र कान्तिपुर डेन्टल कलेज (बिडीएस ५०) को सिट सङ्ख्या निर्धारण गरेको काउन्सिलले जनाएको छ।

नयाँ शुल्क निर्धारण

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शुल्क निर्धारण गरेको थियो। आयोगको  असोज १ र ३० गतेको बसेको बैठकले नयाँ शैक्षिकसत्र २०७६/७७ का लागि चिकित्सा शिक्षाको स्नातक तहअन्तर्गत एमबिबीएस र बिडीएस कार्यक्रमका लागि फरक–फरक शुल्क निर्धारण गरेको थियो।

उपत्यकाभित्र एमबिबीएस अध्ययन गर्न ४० लाख २३ हजार २५० रुपैयाँ र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५  रुपैयाँ शुल्क निर्धारण गरेको थियो। त्यसैगरी, बिडीएसका लागि उपत्यकाभित्र र बाहिर २० लाख १९ हजार ५८० रुपैयाँ तोकिएको विज्ञप्तिमा जनाइएको छ। अघिल्लो शैक्षिक सत्र भन्दा यो पटक शुल्क बढेको छ।

यसअघि एमबिबीएस तहका लागि उपत्यकाभित्र ३८ लाख ५० हजार  रुपैयाँ र उपत्यका बाहिर ४२ लाख ४५ हजार  रुपैयाँ तथा  बिडीएसका लागि उपत्यकाभित्र १९ लाख ३२ हजार ६१२ रुपैयाँ शुल्क रहेको थियो।
 

 

प्रकाशित: ४ कार्तिक २०७६ ०५:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App