१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुन चोरी गर्ने पक्राउ

सुन चोरी गर्ने अभियुक्त सार्वजनिक गर्दै प्रहरी ।

अर्घाखाँची- सन्धिखर्कबाट सुन चोरी गर्ने एक जना भारतिय नागरिक पक्राउ परेका छन्। सन्धिखर्क नगरपालिका–१ हललाईनको महालक्ष्मी सुनचाँदी पसलको सुन चोरी गर्ने भारतको पश्चिम बंगाल घर भई हाल सन्धिखर्कमा बस्ने २९ वर्षीय श्रीमन्त मण्डललाई प्रहरीले पक्राउ गरि आइतबार सार्वजनिक गरेको हो।

विगत १२ वर्षदेखि सन्धिखर्कका विभिन्न सुनचाँदी पसलमा कालिगडको रूपमा काम गर्दै आईरहेका भारतीय नागरिक मण्डलको साथबाट प्रचलित मुल्य ४ लाख ६४ हजार ८ सय १४ रुपैंया बराबरका ६ तोला भन्दा धेरै सुनका गरगहना बरामद गरिएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताए।

पसलको पछाडी पट्टी सुन बनाउने कारखानाबाट शनिवार राती सुनका गहना चोरी गरेका उनलाई सिसिटिभी क्यामेरामा कैद गरेको दृश्यका आधारमा प्रहरीले पक्राउ गरेका थियो। मन्डलले दाजुसँग भारतवाट आउँदा लिएको ऋण तिर्न चोरी गरेको प्रहरी समक्ष बयान दिएका छन्।

पक्राउ परेका मण्डललाई मलुकी अपराध संहिता २०७४ परिच्छेद २० दफा २ सय ४३ बमोजिम कानूनी प्रक्रिया अगाढि बढाउने प्रनाउ बिष्टले जानकारी दिए।

 

प्रकाशित: ३ कार्तिक २०७६ १३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App